×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

राम्रो कक्षामा बसेर पढ्न त मन लाग्छ नि सर !

  •  
  • बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – आरुघाट–बेनीघाट लोर्के भञ्जाङ्ग सडकमा धूलो उडाउँदै गाडी कुदिरहेका छन् । केही तल बुढीगण्डकी नदी एकतमासले सुसाइरहेको छ । सडकको छेउमा रहेका टहरामा विद्यार्थीह पढिरहेका छन् ।

    भूकम्प गएको ५४ महिना बितिसक्दा समेत विद्यालय पुर्ननिर्माण नहुँदा आरुघाट गाउँपालिका–४ आरखेतको गण्डकी माविका विद्यार्थी अस्थायी टहरामा पढ्न बाध्य छन् । अधिकाशं विद्यार्थी मैदानमा खेलिरहेका थिए, खेलमैदान नजिकै कक्षा चारका छात्राहरु केही लेख्दै थिए । ‘राम्रो कक्षामा बसेर पढ्न त मन लाग्छ नी सर’ कक्षा चारकी आरुसी आले मगरले भन्नुभयो – ‘तर हाम्रो स्कूलमा त एउटा पनि भवन छैन ।’

    १२ कक्षासम्म पढाई हुने गण्डकी माविमा आरुसी जस्तै चार सय ५० विद्यार्थी पढ्छन् । भारतिय दुतावासले निर्माणको जिम्मेवारी लिएको उक्त विद्यालय भूकम्प गएको पाँच वर्ष हुन लागिसक्दा समेत पुननिर्माण सुरु भएको छैन ।

    ‘नदीको नजिकै सडक छेबैमा विद्यालय छ यसै त हल्ला हुन्छ’ – विद्यालयका शिक्षक धुर्बकुमार दाहालले भन्नुभयो – ‘त्यसमा पनि टिएसीमा राखेर यतिका विद्यार्थीलाई पठाउनु धेरै गाह्रो भइरहेको छ ।’ सडक गुड्ने सवारी साधन र मानिसहरुको आवतजात विद्यार्थीलाई ध्यान केन्द्रित गर्न निकै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

    सुरुमा गुड नेर्वस इन्टरनेशल र त्यसपछि जापानी सहयोग नियोग जाइकाले निर्माण गर्ने भनिएको उक्त विद्यालय पछि भारतीय दूतावासलाई दिइएको थियो । ‘गाउँपालिका, आयोजनाको कार्यालय र प्राधिकरणको अफिसमा ४–५ पटक गइसके’ विद्यालयका प्रधानाध्यापक गोबिन्द नेपालीले भन्नुभयो – ‘भर्खर टेण्डर भयो भन्ने सुनेको छ खै कहिले बन्छ थाहा छैन ।’

    गण्डकी मावि आरखेत सहित दश वटा विद्यालय निर्माण जिम्मा लिएको भारतीय दुतावासले अहिले तीन वटा मात्र निर्माण सुरु गरेको छ भने तीनवटा विद्यालय निर्माण नगर्ने बताएको छ । ‘जिल्ला सदरमुकामको रत्नराज्य मावि डुम्रीडाँडा, महालक्ष्मी मावि लक्ष्मीबजार तारा मावि छेवेटारमा काम भइरहेको छ’ – जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख विष्णुप्रसाद मिश्रले भन्नुभयो । ‘जिम्मा लिएका मध्ये तीन वटा विद्यालयबाट उहाँहरुले हात झिक्नु भएको छ ।’ प्रभावतकिरण मावि लापु मञ्जुश्री मावि काशीगाउँ र जागेश्वरी माबी बोर्लाङ्गको भवन पुर्ननिर्माण नगर्ने जानकारी आएको मिश्रले बताउनुभयो ।

    जिम्मा लिएका मध्ये अमरज्योति मावि लुइँटेल, गण्डकी माबि आरखेत, कृष्णज्योति मावि गाँखु र सुर्यज्योति मावि घ्याल्चोके भवन निर्माण अहिलेसम्म सुरु हुन सकेको छैन । ‘यी स्कूल निर्माणको लागि धेरै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो ‘दुई सरकार बीच एमओयू भएर टेण्डर भइसकेको छ, आशा गरौं अब छिट्टै काम सुरु हुन्छ ।’ भारतीय दूतावास जस्तै चिनियाँ दुतावासले पनि जिम्मा लिएको सिञ्जाली मावि ताक्लुङको भवन पनि निर्माण भएको छैन् ।

    त्यसैगरी एसियाली बिकास बैंक एडीबीको आर्थिक सहयोगमा निर्माण गर्ने भनिएको अलैचे मावि आरुघाट, संसारी महेन्द्र मावि गाँखु, सिद्धार्थ मावि सौरपानी, सूर्यदयाे मावि गुम्दाको भवन निर्माणको काम सुरु नभएको ती विद्यालयहरुले जनाएका छन् ।

    २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले क्षित पुर्याएका मध्ये तीन सय वद्यालय निर्माण कार्य सकिएको जिल्ला आयोजना कार्यान्वय इकाइ शिक्षाले जनाएको छ । भूकम्प अघि चार सय ९७ विद्यालय रहेको अहिले मर्ज गरेर चार सय १९ मा झारिएको छ । बाँकी एक सय १९ विद्यालयमा अहिले पनि पुर्ननिर्माण काम जारी छ ।

    ‘यी विद्यालयहरुमा एउटा पनि भवन नबनेको भन्ने होइन’ इन्जिनियर बाबुराम देवकोटाले भन्नुभयो ‘अधिकाशंमा भवन बनिरहेको छ, केही बन्ने क्रममा छन् ।’ दाताले भवन बनाइदिए पनि कक्षाकोठा प्रयाप्त नभएका ६५ विद्यालयमा भने यस वर्ष थप पुर्ननिर्माणको काम हुने उहाँले बताउनुभयो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.