×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

क्षेत्रनम्बर दुईका सांसदले बाडे ६ करोड

  •  
  • बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्र्तगत गोरखा क्षेत्र नम्बर २ को रकम बाँडफाँड भएको छ ।

    क्षेत्र नम्बर २ का सांसद एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको संयोजकत्वमा रहेको समितिले ६ करोड रुपैयाँ विभाजन गरेको हो । राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे र प्रतिनिधि सभा सदस्य चुडामणी खड्का सदस्य रहेको उक्त समितिले सडक, खानेपानी र अन्य योजनाहरुमा रकम विनियोजन गरेको जिल्ला समन्वय अधिकारी यमेन्द्र कंडेलले जानकारी दिए ।

    कुल ३२ वटा योजनामा उक्त बजेट विनियोजन गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका–२ बारपाकको कुलगाउँ पोखरी स्नान मान्दे्र सडकका लागि ५० लाख, सिरानचोक गाउँपालिका ५, ६ र ७ जोड्ने चित्रे पोखरी देखि नामरुङ हुँदै सिम्ले सडकको लागि ५० लाख, पालुङटार नगरपालिका–१ को कोलकाटे खुर्पाजुङ वडा कार्यालय सडक स्तरोन्नती गर्नको लागि ५० लाख, वडा नम्बर ४ को सापकोटा टार ठाँटीचौर सडक स्तरोन्नती गर्न ५० लाख र गोरखा नगरपालिका–१० को छेवेटार मिल चोक तारा मावि सिमल पानी सडक निर्माणका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

    यसैगरी अजिरकोट गाउँपालिका–३ मा अलैंची प्रशोधन तथा संकलन केन्द्र निर्माणका लागि ५० लाख छुट्याइएको छ । पालुङ्टार नगरपालिका–१ को देउरालीबाट अन्नपूर्ण मन्दिर हुँदै अन्नपूर्ण मावि सडक र सोही वडाको चापा भञ्जाङ हुँदै कार्कीगाउँ सडक निर्माणको लागि २०÷२० लाख बजेट व्यवस्था गरिएको छ । त्यस्तै पालुङ्टार–१० को पन्थीनी चौतारा खड्का गाउँ खहरे सडकको ट्रयाक निर्माण, सिरानचोक गाउँपालिका–२ को तार्केडाँडा खमारी घर्ती पानी झिम्रेक सडक, पालुङटार नगरपालिका–३ डुम्रेडाँडा पाथीभरा आँपपिपल अस्पताल सडक स्तरउन्नती, गोरखा नगरपालिका ११ र १२ को सेन्टे जेबियर देखि मरनघाट जानेबाटो र एघार किलोबाट छापगाउँ जाने सडक, वडा नम्बर– ९ को कोलडाँडा हुँदै मालढुङ्गा बाटो स्तरोन्नती, सिरानचोक–१ को माथिल्लो भिरसिङ चैनपूर सडक निर्माण गरी हरेक योजनामा क्रमश १०/१० लाख बजेट विनियोजन गरिएको छ ।

    गोरखा नगरपालिका ८ मा जेष्ठ नागरिक मनोरञ्जन लागि १० लाख बजेट छुट्याइएको छ । सिरानचोक–५ मा पुस्तकालय भवन तथा पूर्वाधार निर्माणका लागि २४ लाख ६० हजार रकमको व्यवस्था गरिएको छ । सिरानचोक–७ मा दलित बहुउदेश्यीय सामुदायीक भवन निर्माण, बारपाक सुलिकोट–७ मुलाबारीको चापापानी लिफ्टिङ खानेपानी योजना निर्माण, सिरानचोक–८ मा फिनामटार खेलकुद मैदान निर्माण, गोरखा नगरपालिका–१४ को भट्टबेंसी खेलकुद मैदान निर्माण, वडानम्बर १३ को रामशाह घाट पर्यटन पूर्वाधार निर्माण, पालुङटार–१ को भुलभुलेखार तातोपानी पर्यटन पूर्वाधार बिकास र अजिरकोट गाउँपालिका–१ घ्याच्चोक बहुउदेश्यीय समाज घर निर्माण गरी उल्लेखित योजनाहरुमा क्रमश १०/१० लाख बजेट विनियोजन भएको छ ।

    उता पालुङटार–५ को चेपे आर्दश युवा क्लवको भवन निर्माण, वडा नम्बर–९ सेराको त्रिवेणी माविमा घेराबार, अजिरकोट–३ को ज्ञान ज्योति मावि घेराबार, पालुङटार–१० को जनता माविको घेराबार र सहिद मधु प्रतिस्ठान भवन निर्माण, सुलिकोट–३ को हुवामे ठोपो छेलिङ बौद्ध समाज घर निर्माण, बारपाक सुलिकोट–४ को भण्डारी गाउँमा बहुउदेश्यीय भवन निर्माण, वडा नम्बर १ र २ बारपाकमा सामुदायिक पुस्तकालय तथा सार्वजानिक शौचालय निर्माण, गोरखा नगरपालिका–१० को गण्डकी महिला समूहको भवन निर्माण र वडा नम्बर ८ को आहालेमा जन शक्ति महिला सामुदायिक भवन निर्माण गरी प्रत्येक योजनामा १०/१० लाख छुट्याइएको छ ।

    अनुसुचि ३ बमोजिम जिल्ला समन्वय समितिलाई ५ लाख ४० हजार प्रशासनिक खर्चको व्यवस्था गरिएको छ । ‘तिन जना माननियहरु बसेर यो बाँडफाँड गर्नुभएको हो’ जिल्ला समन्वय अधिकारी कंडेलले भने ‘त्यस अघि उहाँहरुले परामर्श समितिको बैठक राखेर सुझाव समेत लिनुभएको थियो ।’ निर्वाचन पूर्वाधार बिकास साझेदारी कार्यक्रम (संचालन निर्देशका) नियमावली २०७६ को नियम ३ बमोजिम गठित कार्यक्रम परामर्श समितिको सुझाव समेतलाई आधार बनाएर उक्त निर्णय गरिएको जिसस श्रोतले बताएको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ सहित प्रदेश सभा सदस्यहरु मनकुमारी गुरुङ, हरिशरण आर्चाय, क्षेत्र नम्बर २ अन्र्तगतका स्थानीय तहका प्रमुखहरु सँग समितिले सुझाव मागेको हो । क्षेत्रनम्बर १ भने केही दिन पछि बाँडफाँड गर्ने कार्यक्रम छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.