गोरखा समाचारदाता
अर्घाखाँची – अर्घाखाँचीमा कार दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।
सन्धिखर्कको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बा १७ च ६९१७ नम्बरको कार दुर्घटना ३ जनाको ज्यान गएको र २ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्धाखाचीले जानकारी दिएको छ ।
ज्यान जानेमा २ जना पुरुष १ जना महिला छन । ज्यान जानेहरुको पहिचान हुन सकेको छैन ।
घाइतेलाई उपचारका लाति प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालय अर्धाखाचीले जानकारी दिएको छ ।
कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो ।



