×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नवनियुक्त प्रदेश प्रमुखको मोटरसाइकल प्रेम !

  •  
  • बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका सात प्रदेश प्रमुखमध्ये एक हुन्, अमिक शेरचन । गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी पाएका ७७ वर्षीय शेरचनको जन्म म्याग्दीको औखरबोट गाउँमा भएको हो ।

    १८ चैत २०१७ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता पाएका उनी २०६२/०६३ को जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री थिए । कुनैबेला राष्ट्रपति र प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेको बताउने शेरचन मर्यादाक्रममा सातौं नम्बरमा रहेको प्रदेश प्रमुख बन्न किन तयार भए ?

    ‘मलाई यो पद चाहियो भनेर कसैलाई भन्न गएको होइन’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो नाम छनोट गरेपछि उनले अनलाइनखबरसँग भने, ‘पार्टीको प्रस्ताव स्विकारेको मात्र हुँ ।’

    विसं. ०४२ सालमा जनपक्षीय उम्मेदवार बनेर चुनाव लडेयता पटक पटक सांसद भएका शेरचनले माओवादीलाई शान्तिवार्तामा ल्याउन र ०६२/०६३ को जनआन्दोलन सफल बनाउन महत्वपूर्ण भूमिका खेले । ०६२/०६३ ताका तानाशाही व्यवस्थाविरुद्ध तारन्तर चल्ने बैठकहरु भ्याउन शेरचन चिनिया मोटरसाइकलमा दौडधुप गर्थे । सरकारी परिभाषा अनुसार ज्येष्ठ नागरिक भएको डेढ दशक नाघिसक्दा पनि उनको मोटरसाइकल मोह घटेको छैन ।

    सम्पन्न परिवारबाट कम्युनिष्ट राजनीतिमा आएका उनले ०४६ सालको आन्दोलनमा पनि मोटरसाइकलको खुब उपयोग गरेका थिए । जहिल्यै मोटरसाइकलमा हुँइकिने भएकाले पनि शेरचन ‘धनी कम्युनिष्ट’ भनेर चिनिन्थे । ‘सुरक्षाकर्मीहरुको आँखा छल्न सजिलो, सुरक्षाकर्मी बिना हिँड्न पनि पाइने, साँघुरा गल्लीहरु चहार्न पनि सजिलो’, गत वर्ष अनलाइनखबरलाई आफ्नो मोटरसाइकल अनुभव सुनाउँदै उनले भनेका थिए, ‘जाममा पनि धेरै रोकिन नपर्ने, सरर… क्या गजब !’

    बाँकी अनुभव उनकै शब्दमा-

    कम्युनिष्ट आन्दोलनमा लागेँ, लाभको पदमा बसिनँ । त्यस्तो अफर भने पञ्चायतकालदेखि नै आएको थियो । गाउँ फर्क अभियानको अध्यक्ष मेरै गुरु कमलराज रेग्मी र सदस्यहरु मेरै ससुराहरू हुनुहुन्थ्यो ।

    म उच्चमध्यम वर्गीय परिवारमा जन्मिएँ । बाबुले जोड्नुभएको सम्पत्ति पनि पार्टीको काममा खर्च गरें । नेपाली कांग्रेस र पञ्चायतका पत्रिकाले धनी कम्युनिष्ट भनेर मेरो बारेमा लेख्थ्यो । तुलनात्मक रुपमा म धनी पनि थिएँ । चितवनमा २०-२२ बिघा जग्गा थियो ।

    रुसमा लेनिनले दुमाको क्रान्तिकारी उपयोग गर्नुपर्छ भनेजस्तै नेपालमा कम्युनिष्ट पार्टीले पञ्चायतभित्रै पसेर त्यसको उपयोग गर्ने नीति लिएअनुसार ०४२ सालमा जनपक्षीय उम्मेदवार बनें । त्योबेला मैले राजदूत मोटरसाइकल किनेको थिएँ । त्यो देखेर ‘कम्युनिष्ट भएर मोटरसाइकल चढेको’ भन्दै धेरै विरोध भयो । हाम्रै पार्टीका कमरेडहरू पनि चर्को विरोध गर्थे।

    त्यतिबेला मलाई त्यसो भन्ने कामरेडहरू अहिले करोडका मोटर चढ्छन् । त्यो बेला राजदूत चढेर आलोचित बनेको अमिक शेरचनले चाहिँ अहिलेसम्म मोटर किनेको छैन । दैनिक आय स्रोत नभएको हुनाले मैले मोटर नकिनेको हुँ ।

    ०४८ सालमा सांसद भएपछि ०४९ मा अर्को मोटरसाइकल किनेेँ, चाइनिज । मसँगै सांसद कमानसिंह लामाले पनि चाइनिज मोटरसाइकल किनेका थिए ।

    नेकपा (माओवादी) लाई सरकारमा ल्याएपछि मैले उपप्रधानमन्त्रीबाट राजीनामा दिएर भोलिपल्टै गाडी, पीएसओ फिर्ता गरेँ । घुस खाएको छैन, कसैलाई अन्याय गरेको छैन, मलाई के को डर ? मलाई सुरक्षा चाहिँदैन भनेर पीएसओ फर्काइदिएँ ।

    माओवादी सरकारमा आएपछि पहिलो बैठक बस्दै थियो, म मोटरसाइकलमा बालुवाटार पुगेर दुई नम्बर गेटबाट भित्र छिरेँ । उपप्रधानमन्त्री भइसकेको र दिनहुँजसो बालुवाटार गइराख्ने भएकाले सुरक्षाकर्मीले चिनेका थिए । तर, मुख्य सुरक्षा गेटबाट मोटरसाइकल लैजान दिएनन् ।

    म कारमा आएको भए के गर्नुहुन्थ्यो ? भनेर सोध्दा सिधै जान पाउनुहुन्थ्यो भन्छन् । मोटर चढेर आउनेहरु सिधै जान पाउने मोटरसाइकललाई रोक्ने । महंगो कारवाला नेता, व्यापारी, धनी, सामन्त जान मिल्ने, वाइकवाला पस्न नमिल्ने । म फरक्क फर्किएँ ।

    निकै तल आइपुगेको थिएँ, गिरिजाबाबुको फोन आयो । उहाँले अब तपाईँको बाइक सेक्युरिटीले रोक्दैन भन्नुभयो । कारमा जे-जे लुकाए पनि भित्र जान मिल्ने, केही लुकाउन नमिल्ने मोटरसाइकललाई रोक्ने ? म आउँदिनँ गिरिजाबाबु भनेर गइनँ ।

    त्यसपछि त्यो गेट मेरो मोटरसाइकलका लागि खुल्ला भयो । अरु मोटरसाइकललाई भने बन्द नै ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.