×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कास्की उपनिर्वाचनमा पत्रकार विमला भण्डारीको चर्चा

  •  
  • सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • स्ववियू निर्वाचनदेखी संसदको उपनिर्वाचनसम्म

    गोरखा समाचारदाता

    पोखरा – आगामी मंसीर १४ गते हुन गईरहेको उपनिर्वाचनमा कास्की २ को उम्मेदवारको लागि नेपाली कांग्रेसबाट पत्रकार विमला भण्डारीको चर्चा चलेको छ ।

    तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको मृत्युपश्चात रिक्त पदको लागि हुन गईरहेको उपनिर्वाचनमा नेकपाबाट स्वर्गीय अधिकारीकी पत्नी विद्या भट्टराईको चर्चा चलिरहदा कांग्रेसबाट पत्रकारसमेत रहेकी भण्डारीको चर्चा छ ।

    अहिले कास्कीका दलहरु उपनिर्वाचनको तयारीमा जुटेका छन । यस निर्वाचनमा नेकपा र कांग्रेसको मुख्य प्रतिस्पर्धा छ । नेकपाले विद्याको नाम सिफारिस गरिरहदा कांग्रेसले भण्डारीको नाम सिफारिस गरेको हो । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट २०५३ देखी राजनितिक यात्रा सुरु गरेकी भण्डारी हालै पनि कांग्रेसका विभिन्न भातृ संगठनहरुको नेतृत्व गरिरहेकी छन ।

    पोखराको पृथ्वीनारायण क्याम्पसमा २०५८ देखि नेविसंघको राजनितिमा कृयाशिल रहेकी उनले २०६२ को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको नेतृत्व गर्दै होमिएकी थिइन । नेविसंघको प्यानलमा सर्वाधिक मत प्राप्त गरेकी भण्डारी अहिले कास्की कांग्रेसमा सकृय छन । पोखरा १७ निवासी भण्डारी वडादेखी जिल्लाको राजनितिमा लामो समयदेखी सकृय भएकाले पार्टीले उच्च मूल्याङ्गन गर्दै उम्मेदवारको लागि सिफारिस गरेको हो ।

    विगत १९ बर्षदेखी पत्रकारिता क्षेत्रमा कृयाशिल भण्डारी नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य छन । यसैगरी नेपाल पत्रकार महासंघ शाखा कास्कीको उपाध्यक्ष रहेकी भण्डारी महिला पत्रकारहरुको संगठन संचारिका समूहको केन्द्रिय सदस्य पनि हुन । रेडियो जननीको स्टेशन म्यानेजर रहेकी उनी महिला पत्रकारको नेतृत्व गर्दै आएकी छन । पर्यटन पत्रकार संघको गण्डकी प्रदेश संयोजक रहेकी भण्डारी नेपाल प्रेस युनियनको केन्द्रिय महिला विभाग सदस्यसमेत हुन । पत्रकारिता र राजनितिक क्षेत्रमा संगसंगै कृयाशिल रहदै कास्कीका करिव दुई दर्जन संघ संस्थाहरुको नेतृत्व पनि समाल्दै आएकी छन ।

    राजनितिमै किन ?

    सामाजिक अभियन्ताको रुपमा कास्कीमा छुट्टै पहिचान बनाएको नाम हो विमला भण्डारी । भण्डारी राजनैतिक क्षेत्रमा नै किन भन्ने प्रश्न यतिवेला कास्कीमा नचलेको पनि होइन । उनी भन्छिन, ‘स्ववियु निर्वाचनमा होमिदै गर्दा मेरो मत सर्वाधिक आएको थियो । कांग्रेस पार्टीको विभिन्न भातृ संगठनमा पनि रहेर काम गरे । परिवर्तनका लागि राजनितिक नै मुल धार आवश्यक छ । राजनितिक क्षेत्रमा आएका विकृति र विसंगतीलाई चिर्दै कांग्रेसको गरिमालाई उच्च बनाउन जरुरी छ । राजनितिक विना समाज परिवर्तनको विकल्पै छैन । यसैले उपनिर्वाचनमा होमिने सोच गरे ।’

    सामाजिकसंगै राजनितिक नेतृत्वमा पनि महिला सहभागीता न्युन भएकाले निर्वाचनमा होमिने सोच उनको छ । ‘सभ्य भनेकै समाजको समृद्धि हो’ उनी दोहो¥याउछिन, ‘समाज परिवर्तनको लागि राजनितिक एउटा माध्यम मात्र हो । यही माध्यमबाटै समृद्धि ल्याउन दलीय उम्मेद्वारी दिनुपरेको हो ।’ नेपाल कम्युनिष्ट पार्टीले महिला उम्मेदवारी दिने चर्चा चलिरहदा कांग्रेसले पनि महिला उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । चुलो चौकोमा मात्र सिमित रहने महिला अव राजनितिक नेतृत्व र सत्तामा पुग्न जरुरी रहेको कांग्रेस अगुवा बताउछन ।

    उनी राजनितिक रुपमा जिल्ला पार्टीमा मात्र नभई केन्द्रसम्मै आफ्नो पहुँच बनाउन सफल नेतृ हुन । विगत लामो समयदेखी समाजसेवा र महिला अधिकारको क्षेत्रमा कृयाशिल भण्डारीले सुसंस्कृति राजनितिक र समतामुलक समृद्धिको राजनितिक यात्रालाई अगाडी बढाउनको लागि पछिल्लो पुस्ता जागरुक हुनुपर्ने बताइन ।

    लामो समयदेखी महिला अधिकारको क्षेत्रमा प्रशिक्षकको भुमिकासमेत निभाउदै आएकी भण्डारी महिलालाई आफ्नो अधिकारमा सशक्त बनाउनको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकी छन । उनकै नेतृत्वमा कास्कीका १८ वटा वडामा एकैपटक २००२ मा महिला न्यायीक मंच गठन गर्दै महिलालाई जागरुक बनाउन जुटेकी भण्डारी निरन्तर मानव अधिकारको क्षेत्रमा पनि उत्तिकै कृयाशिल छन । ‘कानुनी अधिकार स्थापना र महिलाको सवालमा मेरो अभियान जारी रहन्छ’ भण्डारी भन्छिन । कास्की कांग्रेसले भण्डारीसहित १६ जनाको नाम सिफारिस गरेको छ भने नेकपाले पनि विद्यासहित ३ जनाको नाम केन्द्रिय समितिमा सिफारिस गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.