गोरखा समाचारदाता
काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । चाँदीको भाउ भने स्थित नै रहेको छ ।
नेपाल सुन चाँदी महासंघले जनाए अनुसार आइतबार नेपाली बजारमा प्रति तोला सुनको भाउ ७१ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
तेजावी सुन तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर छ। चाँदी तोलाको ८७० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।



