×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नाकाबन्दीको समयमा पेट्रोलियम पदार्थ आयात गरेका कम्पनीहरुले बूढीगण्डकी शयेर मागे

  •  
  • सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    काठमाडौं – नाकाबन्दीको समयमा पेट्रोलियम पदार्थ आयात गरेका कम्पनीहरुले बूढीगण्डकी जलविद्युत् आयोजनाको संस्थापक सेयर माग गरेका छन् ।

    नयाँ संविधान जारी भएलगत्तै २०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दीको समयमा वाणिज्य विभागबाट अनुमति प्राप्त गरी पेट्रोलियम पदार्थ आयात गरेका कम्पनीहरुले विशेष करमार्फत प्रतिलिटर ५ रुपैयाँ बुझाएको भन्दै त्यसबापतको सेयर मागदाबी गरेका हुन् ।

    पेट्रोलियम पदार्थ आयात गर्ने कम्पनीहरुले बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको सञ्चालक समतिलाई पत्र लेख्दै राजस्वमा दाखिला गरेको रकमबराबरको सेयर माग गरेका हुन्। सञ्चालक समितिलाई सो समयमा पेट्रोलियम पदार्थ आयात गर्ने ‘कर्मम् भाग्यम् कम्पनी प्रालि’ले लेखेको पत्रअनुसार उक्त समयमा वाणिज्य विभागबाट अनुमति प्राप्त गरी सिंगापुरमा एलसी अर्थात् प्रतीतपत्र खोली डिजेल आयात गरेको थियो ।

    बूढीगण्डकी आयोजनालाई भन्दै सरकारले लगाएको विशेष करमार्फत उक्त कम्पनीले दुई करोड ८२ लाख ९९ हजार रुपैयाँ राजस्व दाखिला समेत गरेको थियो। हाल सोही रकमबापतको सेयर कायम गर्न कम्पनीले माग गरेको हो ।

    तत्काललीन प्रधानमन्त्री बाबुराम भट्टराई प्रधानमन्त्री हँदा पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश २०६९ जारी भएको थियो। सोहीअनुसार वाणिज्य विभागले विभागले इजाजतपत्र जारी गरेपछि कम्पनीहरुले पेट्रोलियम पदार्थ आयातको प्रक्रिया अपनाएका थिए ।

    पछि आयल निगमको पेट्रोलियम पदार्थमा एकाधिकार भएको भन्दै उक्त कम्पनीहरुलाई दीर्घकालीन रुपमा आयात गर्न दिने छलफल समेत भएको थियो। सो अनुसार ११ वटा कम्पनीहरु मालिका पेट्रोलियम प्रालि, विराट पेट्रोलियम प्रालि, पेट्रोलिम्याक्स नेपाल प्रालि, ब्लु लोटस इन्टरप्राइजेज, वान क्यापिटल होल्डिङ प्रालि, हिमालयन इन्टरप्राइजेज प्रालि, नेशनल पेट्रोलियम प्रालि, डाउन इन्भेष्टमेन्ट कम्पनी प्रालि, आर्यन पेट्रोकेमिकल प्रालि, कर्मम भाग्यम कम्पनी प्रालि र ओटेक्स इन्टरनेशनल प्रालिले आवेदन समेत दिएका थिए ।

    तर २०७३ साउन ५ गतेको मन्त्रिपरिषद्को निर्णयले पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश २०६९ नै खारेज गरेको थियो। त्यसपछि निजी कम्पनीहरु पेट्रोलियम पदार्थ आयात गर्नबाट वञ्चित भएका हुन् ।

    हाल नेपाल आयल निगमले मात्रै पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ। नेपाल आयल निगमले अहिले पनि डिजेल पेट्रोलमा विशेष करमार्फत प्रतिलिटर ५ रुपैयाँ दाखिला गर्दै आएको छ। उक्त रकम उपभोक्ताबाट नै असुल हुँदै आइरहेको रकम हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.