- सुकुटे बस दुर्घटना
गोरखा समाचारदाता
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुकुटेमा आईतबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाकै पहिचान भएको छ ।
५० जना घाइतेहरुमध्ये ४९ जना उपचार पछि घर फर्किएका छन भने १ जनाको उपचार जारी रहेको छ । दोलखाबाट काठमाण्डौका लागि छुटेको बा. २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशी नदीमा खसेको थियो।
ज्यान गुमाउनेहरु
१) दोलखा शैलुुङ ५ का चेतबहादुर बस्नेत
२) शैलुङ ४ की सलिना तामाङ
३) दोलखा शैलुङगेश्वरी ३ का शिशन तामाङ र चमेली श्रेष्ठ
४) शैलुङगेश्वरी ५ का किरण राउत, रत्नकुमारी राउत, रिकेश खड्का र कविता राउत
५) दोलखा भिमदत्त नगरपालिका ९ की रन्जिता केसी बस्नेत
६) सिन्धुपाल्चोक त्रिपुरासुन्दरी ४ की सायरानी श्रेष्ठ
७) शैलुङगेश्री ४ का दियुन लामा
८) शैलुङगेश्वरी ३ का निर्मला खड्का र निकेश खड्का
९) काभ्रे रोशि गाउँपालिकाकी सजिना
१०) शैलुङगेश्वरी २ की उरमाया मोक्तान, सानु राउत आले
११) चितवन पटीहानीकी पूजा बस्नेत



