गोरखा समाचारदाता
गोरखा – गायक दुर्गेश थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । तिहारको मौलिकतालाई गित मार्फत अतिरञ्जित गरेको आरोपमा थापालाई प्रहरीले पक्राउ गरेको हो ।
गएको हरितालिका तिजमा ‘हामी पनि नाच्नु पर्छ विच बिचमा’ गित गायर निकै चर्चामा आएका थापालाई तिहारको ऐतिहासिकता माथि नै ‘ह्याप्पी तिहार’ गितले प्रश्न चिन्ह उठाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा उजुरी परे पछि पक्राउ गरीएको महानगरिय अपराध अनुशन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए ।
‘ह्याप्पी तिहार’ गीतले चाँडै लोकप्रियता पाए पनि यसका केही शब्दहरुलाई लिएर आलोचना भएको थियो ।



