गोरखा समाचारदाता
गोरखा – गोरखा जिल्लाका किसानहरुले लगाएको धानमा नेक ब्लाष्ट रोग देखिन थालेको छ ।
बर्षेनी देखिने यो समस्याबाट यस पटक पालुङटारका किसानहरु पिडित भएका छन । पालुङटार ९ को बिर्दीमा देखिएको यो रोगले त्यस क्षेत्रको ५०० रोपनी भन्दा बढी क्षेत्रफलमा लगाएको धानलाई क्षति पुरयाएको छ ।
धानको देखिएको रोगका बिषयमा किसानहरुले जानकारी गराए पछि बाली संरक्षण प्रयोगशाला पोखराबाट आएको बिज्ञहरुको एक टोलीले किसानको खेतमा गएर अनुगमन गरेका थिए । अनुगमनका क्रममा टोलीले त्यस क्षेत्रका धेरै किसानहरुको खेतमा लगाएको धानमा नेक ब्लाष्ट रोग लागेको पुष्टी गरेको थियो ।
धानले बाला हाले पछि बाला मुनी लाग्ने एक प्रकारको रोगलाई नेक ब्लाष्ट भनिन्छ । संक्रमण फैलिन थालेको उत्त क्षेत्रका किसानले धान भित्राउन नपाउने भएका छन । यो रोगबाट धानको साटो भुसमात्र फल लाग्ने गर्दछ ।
यो रोग बाला लागे पछि मात्र देखिने गर्दछ । रोक थामका लागि धान फुल्दैमा नेक ब्लाष्ट बिरुद्वको औषधी स्प्रे गनुपर्ने हुन्छ ।



