गोरखा समाचारदाता
गोरखा – सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका–४ लहान प्रहरीले छापा मार्दा लाखौ मुल्य बरावरका भन्सार छलेका सामाग्रीहरु बरामद भएको छ ।
सीमा क्षेत्रमा रहेको एक गोदाममा अवैद्य सामाग्री भएको सूचना प्रहरीलाई आए पछि लहान प्रहरीले छापा मार्दा १३ लाख ३६ हजार ५५८ रुपैयाँ बराबरको मालसमान बरामद गरेको हो ।
प्रहरी नायव उपरिक्षक भेषराज रिजालको नेतृत्वको टोलीले छापा मार्दा गोदाममा कपडा, जुत्ता, किराना सामाग्री र भाडा वर्तन पाएका थिए।
बरामद गरिएको भन्सार छलीका मालसमानहरु ठाडी भन्सार कार्यालयमा बुझाइएको बताइएको प्रनाउ रिजाले बताए । लहान प्रहरीले गोदाममा छापा मारेको र ठुला परिणामको सामाग्री बरामद भएको यो पहिलो पटक हो




















