गोरखा समाचारदाता
गोरखा – आईतबार भएको भिन्न २ घटनामा २ जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङजाले दिएको जानकारी अनुसार बिहान बजेको समयमा घरको छतबाट खसेर १ जना वृद्वको ज्यान गएको छ ।
प्रहरीका अनुसार वालिङ नगरपालिका १० मोदीखोला बस्ने ७८ बर्षिय श्यामलाल ढकाल आफ्नो छोरी गंगा सेनको घरमा जादाँ २ तले घरको छतबाट खसेर मृत्यु भएको हो ।
छतबाट खसेका ढकालको उपचारको क्रममा मृत्यु भएको थियो ।
त्यस्तै गरी कास्कीको पोखरा महानगरपालिका २३ बस्ने पुर्णबहादुर राईको मृक्त शरिर फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार ७३ बर्षिय राई घर नजिकैको खानेपानीको धाराको कुलोमा मृक्त अवस्थामा भेटिएका थिए ।
दुवै घटनाको बिषयमा प्रहरीले अनुसन्धान थालेको प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकार िकृण्णबहादुर कार्कीले जानकारी दिए ।



