गोरखा समाचारदाता
गोरखा – नेपाली बजारमा आईतबार सुनको भाउ घटेको छ । तोलामा २ सयले घटेर ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइहरको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।



