हरी कार्की लक्की
नवलपुर – पशु आहाराको बढ्दो मागलाई लक्षित गरी नवलपुरका एक किसानले व्यवसायिक घांँस खेती शुरु गरेको छ ।
नवलपुरको गैडाकोट नगरपालिका १२ का किसान विण्णु भट्टले ५० लाख लगानीमा ८ विघा क्षेत्रफलमा ‘सुपर नेपियर’ जातको उन्नत घांँसखेती शुरु गरेको हो ।
श्री स्वस्थानी घाँस श्रोत केन्द्र तथा बाख्रा फार्मले जग्गा भाडामा लिएर नेपियर संगै २३ विभिन्न जातको घांँस खेती गरेका छन । देशमा बढ्दो आयात भएको दाना र खाद्यान्नलाई केही प्रतिशत सम्म भए पनि प्रतिस्थापन गर्ने उद्धेश्यले घांँसखेती शुरु गरेको भट्टले बताए ।
‘पशुपालन गर्न एकत दानाको मुल्य दिनानुदिन बढ्दै गएको छ, यसको विकल्पको रुपमा घांँस खेती गरेको हुंँ’ भन्छन भट्ट । घाँसबाट पशुको लागि सम्पुर्ण पौष्टिक तत्व पाइने र दुध एवं मासुको उत्पादन तुलनात्मक रुपमा बढ्ने गर्दछ । केन्द्रले कृषकहरुको माग अनुसार घाँस बेर्ना समेत उत्पादन तथा बिक्री गर्दै आएको छ ।
पशु पालक कृषकहरुद्वारा घाँसको माग बढी रहेकोले भट्टले आगामी दिनमा अझै घाँस खेतीलाई विस्तार गर्ने योजना बनाएका छन । जुनसुकै हावापानी र माटोमा हुर्कने सक्ने यो घाँस थोरै जमिनमा धेरै उत्पादन लिन सकिन्छ ।
कृषक भट्टले हालसम्म उनले ३० लाख बराबरको घाँस र बेर्ना बिक्री गरी सकेको बताए । २ विघाबाट शुरु गरीको घाँस खेती अहिले ८ विघा क्षेत्रफलमा फैलिएको छ । भट्टले भविष्यमा देशभर घाँस विक्री गर्ने लक्ष्य लिएका छन।
हाल श्रोतकेन्द्रमा वर्षैभरी हुने सबै जातको गरी ४ करोड बराबरको घांँस रहेको केन्द्रले जनाएको छ ।



