×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एक्सरसाइज कुन बेला गर्दा धेरै बोसो घट्छ ?

  •  
  • शुक्रबार, कार्तिक ०१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शारीरिक व्यायाम कुन बेला गर्ने ? बिहानको खाजा खाएर गर्ने वा खाली पेटमा? वर्षौंदेखि यसबारे बहस चलिरहेको छ।

    एक खाले मत छ- बिहानको खाजा खाएर एक्सरसाइज गर्नु उचित हुन्छ। व्यायामअघि खानेकुरा खाँदा हाम्रो रगतमा चिनीको मात्रा बढ्छ। यसले गर्दा शरीरमा ऊर्जा बढ्छ र धेरै समय व्यायाम गर्न सकिन्छ। यसले तपाईंलाई झुमझुम वा आलस्य हुन पनि दिँदैन।

    अर्काथरि भन्छन्-  व्यायामअघि खानु हुँदैन। खाली पेटमा एक्सरसाइज गर्दा धेरै मात्रामा शरीरको बोसो कम गर्न मद्दत पुग्छ।

    यसबारे यकिन जवाफ प्राप्त भइनसके पनि हालै बेलायतमा भएको एक अध्ययनले दोस्रो मतको समर्थन गरेको छ। अर्थात् व्यायाम बिहान खाजा नखाई गर्ने।

    अध्ययनका अनुसार खाजा नखाई व्यायाम गर्नेहरूले खाएर गर्नेहरूभन्दा दोब्बर बोसो कम गर्न सफल भएका सिएनएनमा प्रकाशित समाचारमा उल्लेख छ।

    अध्ययनले यसको सामान्य तरिका व्याख्या गरेको छ- खाली पेटमा व्यायाम गर्दा पनि शरीरलाई ऊर्जा चाहिन्छ। यस्तो ऊर्जा शरीरमा भण्डार भएकै क्यालोरीबाटै लिइन्छ। जसले गर्दा धेरै क्यालोरी चाँडै नष्ट हुँदै जान्छ।

    उता, खाएर व्यायाम गर्नेहरूले धेरै तौल कम गर्न सक्दैनन्। किनकि, उनीहरूको व्यायामका लागि चाहिने ऊर्जा भर्खरै खाएको खानेकुराबाट पूर्ति हुन्छ। त्यत्तिले उनीहरूको व्यायाम भ्याइसकिन्छ।

    शरीरमा थुप्रेको बोसो भने जस्ताको तस्तै वा एकदमै कम मात्र घट्छ- अध्ययनले भनेको छ।

    यो अध्ययन सानो समूहका मान्छेमा ६ सातासम्म गरिएको थियो। अध्ययनले खाली पेटमा व्यायाम गर्नेहरूको रक्तचाप र चिनीको मात्रा पनि नियन्त्रण भएको देखाएको छ। त्यस्तै मुटु रोग र मधुमेहको जोखिम पनि कम गर्छ।

    ‘दुई समूहका सबै स्थिति समान थिए। मात्र कुन समयमा खाने भन्ने फरक राखिएको हो। ब्रेकफास्ट नखाई व्यायाम गर्नेको समूह बढी फिट र रोगको कम जोखिम भएका पाइए,’ अध्ययनमा संलग्न व्यायाम मनोविज्ञ जेभियर गोन्जाल्जेजले भनेका छन्। बाथ विश्वविद्यालयमा स्वास्थ्य विभागका प्राध्यापक हुन्।

    यसअघि पनि केही अध्ययनले यस्तै नतिजा देखाएका थिए। तर केही अध्ययनमा ब्रेकफास्ट नखाई र खाएर व्यायाम गर्नेहरूबीच खासै भिन्नता नपाएपछि यो अवधारणामा निकै बहस हुँदै आएको छ।

    अहिलेको यो अध्ययनले पनि यही नै सही भनेर ठोकुवा त गर्दैन। यसमा अझै व्यापक र ठूलो समूहमा अध्ययन-अनुसन्धान आवश्यक छ।

    cnn

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक ०१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.