×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २७ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनआरएनएले भन्यो गुप्सीपाखामा सर्नुहोस्

  •  
  • बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – काठमाण्डौमा गैर आवासिय नेपाली संघ एनआरएनएको कुम्भ मेला चलिरहदा अध्यक्ष भवन भट्ट भने लाप्राक हानिए । बुधबार अपराह्न हेलिकप्टरमा लाप्राक आइपुगेका उनले सरोकारवालालाई जम्मा पारेर घर बनिसकेकाले गुप्सी पाखामा सर्न अनुरोध गरेका थिए ।

    ‘यहाँ सबै घर बनिसकेका छन्, अब किन रेड जोन एरियामा बस्ने यहीँ आएर बस्नोस्’ अध्यक्ष भट्टलाई उदृत गर्दै लाप्राक एकिकृत बस्ती निर्माण परियोजनाका साइड म्यानेजर ई.लक्ष्मण अर्यालले भने । शौचालय निर्माण सकिएका ३८० घर बस्न योग्य भएकाले आ–आफ्नो घरमा आएर बस्न एनआरएनएले अनुरोध गरेको हो । ‘३८० वटा ट्वाइलेट कम्पिड भएको छ, ७० वटा बन्ने क्रममा छ’ अर्यालले भने ‘बाँकीको पनि ट्रष्ट राखेर छाना हालिसकिएको छ, मंसिर भित्र बाँकी सबै शौचालय बनिसक्छन् ।’

    त्यसपछि बाँकी ७० वटा घरमा पनि सम्बन्धित लाभग्राही आएर बस्न सक्ने उनले स्पष्ट पारे । भूकम्पले पूर्ण रुपले भत्काएको लाप्राक बस्तीलाई गुप्सीपाखामा सार्ने गरी नेपाली सेनाको सहयोगमा एनआरएनएले ५७३ घर निर्माण गरिसकेको छ । स्थानीयले चिठ्ठा थुतेर आ–आफ्नो घर छनौट गरिसकेका छन् ।

    बुधबार गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, वडा अध्यक्ष राज गुरुङ, परियोजना इन्जियिर लक्ष्मण अर्याल, नेपाली सेनाका अधिकारीहरु लगायतको उपस्थितिमा बस्ती सहजिकरण कार्यक्रम गरिएको छ । ‘सबै संरचना बनेका घरमा सरेर बस्दै गर्नुहोस भन्ने उहाँहरुको आग्रह आएको छ’ वडा अध्यक्ष राज गुरुङले भने ‘पछि समय मिलाएर ग्राण्ड ओपनिङ गर्ने कुरा भएको छ ।’

    सामुदायिक वन र स्थानीयको जग्गा समेत एकिकृत गरी निर्माण गरिएको उक्त बस्तीको जग्गा कित्ताकाट गरी लालपुर्जा बनाउने काम बाँकी रहेकाले औपचारिक रुपमा हस्तान्तण भने पछि गर्ने तयारी गरिएको छ । ‘जग्गाको कित्ताकाट गर्ने लालपुर्जा बनाउने काम एनआरएनएले गर्न सक्दैन’ अर्यालले भने ‘पुर्ननिर्माण प्राधिकरणलाई उक्त कामको सहजिकरणका लागि हामीले अनुरोध गरिसकेका छौं ।’

    एनआरएनएले घर निर्माण कार्य मात्र गर्ने भएकाले अन्य पूर्वाधार बिकासको काममा सरकारसँग समन्वय भइरहेको उनले बताए । ‘सरकारको मापदण्ड अनुसार एकिकृत बस्तीमा हुनुपर्ने सबै पूर्वाधार त्यहाँ बन्छ’ उनले भने ‘खानेपानीका लागि केयर नेपालले काम रहेकोे छ अन्य पूर्वाधार बिकासको काममा सरकारले लगानी गर्ने भन्ने कुरा छ ।’ सरकारसँग समन्वय गरेर आवश्यक परेमा एनआरएनएले पनि पूर्वाधार बिकासका केही काममा सघाउने बारेमा छलफल भइरहेको उनको भनाई छ ।

    भूकम्प गए लगतै तत्कालिन अध्यक्ष शेष घलेको पहलमा लाप्राकको बस्ती गुप्सीपाखामा सार्ने गरी एकिकृत बस्ति निर्माण गर्ने घोषणा भएको थियो । उनको कार्यकालमा बस्ती निर्माणको काम सक्ने भनिएपनि त्यसपछिका अध्यक्ष भवन भट्ट कार्यकालमा पनि औपचारिक रुपमा बस्ती निर्माणको काम सकिएको छैन् ।

    आफ्नो कार्यकालको अन्तिम दिन अध्यक्ष भट्टले लाप्राक पुगेर घर निर्माण सम्पन्न भएको सन्देश भने प्रवाह गरेका छन् । केही दिन अघि अध्यक्षका प्रत्यासी कुमार पन्त पनि गुप्सीपाखा पुगेर पुर्ननिर्माण बारे जानकारी लिएका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.