×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २७ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

बुढी गण्डकी परियोजना नेपाल बिकासको कोषे ढुङ्गा हुने : डा.भट्टराई

  •  
  • बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – पूर्व प्रधानमन्त्री तथा समाजबादी पार्टी नेपालका अध्यक्ष डा.बावुराम भट्टराईले बुढी गण्डकी परियोजना नेपालकै बिकासको लागि कोषे ढुङ्गा हुने विश्वास ब्यत्त गरे ।

    पार्टीले गोरखा सदरमुकाममा आयोजना गरेको वडा दशैं, तिहार, नेपाल सम्बत, छठ तथा ईद पर्वको अवशरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान र कार्यकता भेटघाट कार्यक्रममा बोल्दै डा. भट्टराईले ‘बुढी गण्डकी परियोजना नेपालकै बिकासको लागि कोषे ढुङ्गा हुने योजना हो । यसलाई छिटो भन्दा छिटो बनाउनु पर्छ’ भने ।

    डा.भट्टराईले ‘बुढी गण्डकी परियोजना गोरखाको निम्ती मात्र होईन । यो नेपालकै निम्ती आर्थिक कयापलट गर्ने परियोजना हो । विविध कारणले गर्दा नेपाल आफैले बनाउने भनिएको योजना कमिशनको लागि तानातान गरेर योजना नै अलपत्र बनेको’ दावी समेत गरे ।

    केही दिन अगाडी चिनियाँ राष्ट्रपती सि जिनफिङ नेपाल आउदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुढी गण्डकी परियोजनाबाट चिनिया कम्पनीलाई ब्याक गर्न सल्लाह दिएको भएता पनि ओलीले त्यसो नगरी उल्टै तमोर नदी चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको भन्दै असन्तुष्टी पोखे ।

    ‘आफुले चिनियाँ राष्ट्रपती नेपाल आउदा नेपालका प्रधानमन्त्री ओली जीलाई यो प्रोजेक्ट हामी आफै बनाउछौ भन्नु भनेको हुँ । तपाईको कम्पनीले काम गरेन अन्यथा नमान्नु है भन्नु पर्नेमा त्यस बारेमा केही बोलेनन । बरु उल्टै तमोर योजना चिनिया कम्पनीलाई सुम्पने काम भयो ।’ डा.भट्टराईले असन्तुष्टी ब्यक्त गर्दै ‘अहिले बुढी गण्डकी परियोजना नबनाउने उद्वेश्यका साथ तमोर योजना राम्रो भन्ने हल्ला बजारमा आउन थालेको’ बताए ।

    सुन्तला र स्याउको तुलना कहिल्यै मिल्दैन सुन्तलाको ठाउँमा सुन्तला नै राम्रो र स्याउको ठाउँमा स्याउ नै राम्रो हो डा.भट्टराईको भनाई थियो । उनले बुढी गण्डकी पनि बन्नु पर्ने र तमोर पनि बन्नु पर्ने धारणा समेत राखे ।

    खोला नर्फके जस्तै राजतन्त्र पनि फर्कदैन
    शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै डा.भट्टराईले हिजो राजतन्त्र हाम्रै सन्ततीले ल्याएको हो तर अहिले त्यसको आवश्यकता नभएको हामीले नै पर सारेका हौ । पहिले उनीहरुमा चेतना स्तर माथि थियो र नेतृत्व गरयो । अब त्यो चेतना स्तर सबैमा बिकास भई सकेकोले वंशिय र जातिय आधारमा सत्ता सम्हालने कुरा अव स्विकार्य नहने बताए ।

    अब पनि राजतन्त्र फर्कने कल्पना नगरौ । बगेको खोला फर्कदैन भनेको जस्तै हो । फर्कन पनि हुदैन डा.भट्टराईले भने ।

    उनले लोकतन्त्र बलियो बनाउन तल्लो तहलाई अधिकार सम्मन्न गनुपर्नेमा जोड दिए । जति जनतालाई अधिकार सम्मन्न बनाउन सक्यो त्यती लोकतन्त्र बलियो हुने विश्वास ब्यक्त गर्दै हामी गणतन्त्र, लोकतन्त्र, संघियता र समावेशीताबाट पछि फर्कन नसक्ने दावी गरे ।

    साँस्कृत पक्षमा बावुरामको अनुभव
    लामो समय पनि राजनैतिक कुरा नगरेका डा.भट्टराईले माओवादी आन्दोलनमा लाग्दा चिनियाँ सँस्कृतीको प्रभाव परेको र त्यही प्रभावले पुराना संस्कृती छाडेर नयाँ संस्कृती मान्नु पर्दछ भन्ने मान्यताका कारण पुराना चाडवर्प नमानेर नयाँ पर्व मनाउनु पर्छ भनेर भन्यौ । तर बास्तमा त्यस्तो हुदैन रहेछ । हामी अलि मनोगत भएछौ भन्ने लागेको अनुभव सुनाए ।

    अहिले आएर भने सांस्कृतीक पर्वहरु भनेका ऐतिहासिक सन्दर्भमा जनताले आफ्नो खुशीको निम्ती उत्सवको रुपमा मनाउने पर्वहरु रहेछ भन्ने आफुले बुझेको अनुभव सुनाए । पुराना संस्कतीले कालान्तरमा त्यसले धर्मको रुप लिएको भएता पनि ऐतिहासिक रुपमा हेर्दा ति चाडपर्वहरु भनेको सबै काम सकेर आफन्तहरु संग खुशीयाली मनाउने पर्वहरुलाई तपाई हामीले चाहदैमा अन्त गर्ने बिषय होइन रहेछ भने ।
    डा.भट्टराईले सबै समुदायलाई शुभ कामना दिदै चाडवर्पमा घुसेका अन्ध विश्वासलाई सुधार गरेर सबै चाडलाई खुशीयाली साथ मनाउन र मनाउन दिनु पर्छ भन्दै अरुले मनाउछ भने पनि आफु खुशी साथ त्यस्ता चाडमा सहभागी हुनु पर्ने धारणा राखे ।

    प्रदेश विकासको बाधक : नगरप्रमुख पन्त
    शुभकामना कार्यक्रममा सहभागि हुन पुगेका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी तथा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले गोरखा नगरपालिकाको विकासमा प्रदेश सरकार वाधक भएको गुनासो गरे ।

    पन्तले नगरपालिकाले गर्न नसक्ने कामका लागि विभिन्न योजना छनौट गरी प्रदेशमा पठाएको भएता पनि कुनै पनि योजना प्रदेशबाट स्विकृत नगरेकोमा आक्रोश समेत पोखे ।

    शुभकामना कार्यक्रममा बोल्दै नगर प्रमुख पन्तले प्रदेश सरकारले संघिय सरकाले कालो सुचीमा राखेको र कुनै पनि काम नगरेको आफ्नो कार्यकताको सहकारी प्रदेशबाट अनुदान दिएकोमा पनि आक्रोस ब्यक्त गरे । उनले भने त्यस्ता सहकारीलाई गाउँपालिका र प्रदेशबाट अनुदान दिएको छ । हामीले बिकासको कामको लागि योजना छनौट गरेर पठाउदा पनि वास्ता गर्दैन ।

    कार्यक्रममा नगर प्रमुख पन्तले जिल्ला भित्र रहेको प्रदेश स्तरका सरकारी कार्यालयहरु पार्टी कार्यालयको भातृ संस्था जस्तो गरी चलेको भन्दै सबैले खरबदारी गनुपर्ने बेला आएको बताए ।

    हाम्रो चडपर्वले बर्ष भरीको मन मुटावहरु र समस्याहरुलाई हार्दिकता प्रदान गर्छ : थापा
    शुभ कामना कार्यक्रममा सहभागि हुन आएका नेकपाका प्रदेश कमिटी सदस्य बावुराम थापाले हाम्रो चडपर्वले बर्ष भरीको मन मुटावहरु र समस्याहरुलाई हार्दिकता प्रदान गर्ने बताए ।

    उनले सरकारबाट केही कमी कमजोरी भएको भन्दै जन विश्वासमा समेत कमी आउन थालेकोले राजनैतिक कार्यकता गंभिर हुन आवश्यक भएको बताए ।

    थापाले यो समय राजनैतिक रुपमा आरोप प्रत्योरोप भन्दा पनि मिलेर बिकासको लागि अगाडी बढने बेला भएको समेत बताए ।

    ठुलो संख्यामा कार्यकता तथा अन्य राजनैतिक दलका र सर्व साधारण उपस्थित कार्यक्रममा पार्टी उपाध्यक्ष सुकदेव तामाङ्गले उपस्थित सबैलाई स्वागत गरेका थिए भने पार्टीका जिल्ला अध्यक्ष नारायण खत्र्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.