गोरखा समाचारदाता
गोरखा – पूर्व प्रधानमन्त्रि तथा समाजबादी पार्टीका अध्यक्ष डा.बावुराम भट्टराईले छिमेकी चिनका राष्ट्र प्रमुख सि जिनफिङको भ्रमणले नेपालको साख उच्च बनाएको बताए ।
बिहीबार गोरखा सदरमुकाममा समाजबादी पार्टी नेपालले आयोजना गरकोे वडा दशैं, तिहार, नेपाल सम्बत, छठ तथा ईद पर्वको अवशरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान र कार्यकता भेटघाट कार्यक्रमका लागि गृह जिल्ला गोरखा आएका डा.भट्टराईले सञ्चारकर्मीहरु संग कुरा गदै विश्वकै शक्तिशाली राष्ट्रका प्रमुख नेपाल आउदा नेपालको साख बढेको बताएका हुन । ‘विश्व शक्ति बन्न गएको छिमेकीका प्रमुख नेता आउदा खेरी त्यसले देशको अन्तराष्ट्रिय साख बड्न मद्त पुरयाएको’ बताएका हुन । ‘तर हामीले बढी हल्ला खल्ला गर्ने । मामा आए घोडी, माइज्यू आईन डोली, पापा ल्याईन सोली, खान दिन्छीन भोली…भन्ने गित जस्तो सकारको अपेक्षा ठुलो भएकोले त्यस्तो अपेक्षा गर्न नुहने’ डा.भट्टराईको सुझाव थियो ।
चिनियाँ राष्ट्रपतीको भ्रमणले एउटा सकारात्मक सन्देश दिएर गएको भन्दै डा.भट्टराईले आगामी दिनमा हामीले ख्याल गनुपर्ने कुरा चिन र अमेरीकाको एउटा साम्रीदिक प्रतिस्पर्धा र एउटा भारत पनि हाम्रो मुख्य छिमेकी हुनुको नाताले यो तिन देश विचको शक्तिको स्वार्थ र चासो टकराउने अवस्था हामीले देख्छौ । यस्तो अवस्थामा हामी सन्तुलित ढंगले हामीले विदेश निती अपनाउनुपर्ने हुन्छ ।
चिनियाँ राष्ट्रपती सिधै नेपाल नआएर भारतको महावलीपुरम पुगेर भारतिय प्रधानमन्त्रि मोदी संग कुरा गरेर नेपाल आउनुको साँकेतिक अर्थ नै चिन भारतलाई समेत चिडाउन चाहदैन भन्ने हो । चिन भारतलाई विश्वासमा लिएर मात्रै क्षेत्रिय निति तय गर्न चाहान्छ । त्यसैले हामीले दुवै छिमेकीको विरुद्व एकले अर्कालाई खेल्ने निती लिनु ठिन नहुने डा.भट्टराईले बताए ।
जिल्लाका सञ्चारकर्मीहरुको जिज्ञासामा डा.भट्टराईले पछिल्लो पटक साँसदहरुको गिरफ्तारीले लोकतन्त्रको छवीलाई विगारेको भन्दै गल्ती र बदमासी गर्ने जो कोहीलाई पनि दण्डीत गनुपर्ने बताए ।
सञ्चारकर्मीहरुकै प्रश्नमा डा.भट्टराईले हामी सत्ताका साझेदार नभएको तर संविधान संशोधनका निम्ती तत्काललाई दुई तिहाई बहुमत पुरयाउन साथ दिएको भन्दै सरकारमा रही रहनुको औचित्य समाप्त भएकोले केही दिन भित्रै केन्द्रिय बैठक डाकेर सरकारबाट बाहिरीने समेत बताए ।
उनले राष्ट्रिय जनता पार्टी, जनमुत्ती पार्टीहरु संगको एकिकरण प्रकृया चलिरहेको बताउदै अनौपचारिक तहमा रहेको यो कुरा छिट्टै औपचारिक तहबाट छुग्याइने र ठुलो पार्टीको रुपमा देखा पर्ने बताए ।



