×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २७ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

दशैमा मात्रै ५ सय ३२ सवारी कारवाहीमा

  •  
  • बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ

    गोरखा – अघिल्ला बर्षहरुमा झै यस बर्षपनि चाडवाडको मौका छोपेर नियम मिच्दै गोरखामा सवारी हाक्नेको संख्या उल्लेख्य रह्यो । अन्य समयमा भन्दा चाडवाडका समयमा निजी तथा सार्वजानिक सवारी चालकले ट्राफिक नियम विपरित साधन हाक्ने परिपाटी यो दशैंमा पनि कम हुन सकेन ।

    जिल्ला ट्राफिक कार्यालय गोरखाले केहि समययता आफ्नो सकृयता बढाउदै सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेपनि दशैका समयमा भने त्यसको प्रभाव खासै परेन । कार्यालयसंग रहेको पछिल्लो १५ दिनको तथ्यांक हेर्ने हो भने पनि नियम मिच्ने सवारी साधन उल्लेख्य रहेको देखाउछ ।

    दशैमा मात्रै गोरखामा ५ सय ३२ सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम पालना नगरेको भन्दै जिल्ला ट्राफिक कार्यालय गोरखाले ति सवारीका साधनलाई कारबाही गर्दै जरिवाना गरेको बताएको छ ।

    दशैको घटस्थापनाका दिनदेखि २८ गतेसम्म जिल्लाका बिभिन्न स्थानमा चेकजाँचका क्रममा सो संख्याका सवारी साधनलाई कारबाही गरिएको ट्राफिक टिका शर्माले बताए । जसबाट यस अवधीमा मात्रै ३ लाख ७० हजार ५ सय रुपैया राजश्व संलकन भएको छ । ‘अरु बेला भन्दा चाडवाडका समयमा नियम उल्लंघन गर्नेको संख्या अलि बढी नै हुन्छ’ शर्माले भने ।

    निमय उल्लंघन गर्नेहरुमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । १५ दिनको अन्तरालमा जिल्लामा १ सय ७६ मोटरसाइकल ट्राफिकको कारवाहीमा पर्दा १ लाख २१ हजार ५ सय रुपैया जरिवाना असुल गरिएको छ ।

    त्यस्तै १ सय ३५ जिप, कार र भ्यान ट्राफिक निमय विपरित सञ्चालन भएका थिए । जसबाट १ लाख ३ हजार रुपैया जरिवाना संकलन भएको बताइएको छ । यसैगरी ९० वटा ट्रकका चालकलाई कारबाही गर्दा ६४ हजार राजश्व उठेको छ भने ६७ वटा ट्याक्टरबाट ४४ हजार ५ सय रुपैया राजश्व असुल भएको ट्राफिक शर्माको भनाई छ ।

    त्यस्तै ६४ वटा बस समेत ट्राफिकको कारबाहीमा परेका छन् । बसबाट ३७ हजार ५ सय रुपैया जरिवाना संकलन भएको छ ।

    यसैगरी गोरखाका बिभिन्न स्थानमा मादक पदार्थ सेवन गरी सवारी हाक्ने ८ जना कारबाहीका परेका छन् । उनिहरुबाट ८ हजार रुपैया जरिवाना लिइएको कार्यालयको भनाई छ ।

    कार्यालयका अनुसार यस बर्ष जिल्ला भित्रने सवारी साधनको संख्यामा बृद्धि हुदा कारबाहीमा पर्नेको संख्या समेत बढेको हो । ‘यो बर्ष गत बर्षको तुलनामा अलि बढी नै सवारी जिल्ला भित्रिएको हो’ ट्राफिक शर्माले भने ‘सवारी बढेपछि कारबाहीमा पर्ने संख्या बढ्नु पनि स्वभाविक नै हो ।’ हालसम्म जिल्लाका कुनै पनि स्थानबाट सवारीले बढी भाडा लिएको भन्दै कार्यालयमा उजुरी भने नपरेको उनको दावी छ ।

    दशैंमा ट्राफिकले आहलेको शसस्त्र क्याम्प, हरमटारी, टक्सार, बाह्र किलो, मझुवा देउराली लगायतका स्थानमा चेकजाँच गरेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.