×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २७ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

बारपाकमा राष्ट्रिय प्रशारण लाइन

  •  
  • बुधबार, असोज २९, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा राष्ट्रिय प्रशारण लाइनको विद्युत जडान हुने भएको छ । लघु जलविद्युतबाट उत्पादिन विजुली प्रयोग गर्दै आएका सो क्षेत्रका स्थानीयले अब केन्द्रिय प्रशारण लाइनको विद्युत सेवा उपभोग गर्न पाउने भएका हुन् ।

    ‘पोल गाड्ने काम ९० प्रतिशत सकिएको छ’ नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाका प्रमुख माधव न्यौपानेले भने ‘यही मंसिरसम्म सबै काम कम्पिड गरेर बारपाकमा केन्द्रिय प्रशारण लाइनको बिजुली बाल्छौं ।’ लाङ्घाली निर्माण सेवा धादिङले आगामी चैत १७ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी उक्त कामको ठेक्का लिएको थियो ।

    बारपाकमा अहिले स्थानीय वीरबहादुर घलेको व्यक्तिगत लगानीमा निर्माण भएको लघु जलविद्युत सञ्चालनमा छ । त्यहाँ स्थानीय केबल टेलिभिजन, ढुङ्गा काट्ने उद्योग, ग्रिल उद्योग, पाउरोटी उद्योग, सिस्नो पाउडर उद्योग लगायतका एक दर्जन उद्योग सञ्चालनमा छन् । लघु जलविद्युतबाट उत्पादित विजुलीले ति सबै उद्योग सञ्चालन गर्न समस्या छ ।

    ‘बक्ति नपुगेर साँझ बिहान काम गर्न पाइदैन’ ग्रिल उद्योगका सञ्चालक गोपाल बिकले भने ‘राष्टिूय प्रशारण लाइन आए जतिबेला पनि काम गर्न पाइन्थ्यो ।’ बारपाकमा झण्डै १५ सय घर धुरी छ ।

    बारपाक सहित गोरखाको करिब ७० प्रतिशत भु–भागमा केन्द्रिय प्रशारण लाइन पुगेको छैन् । धार्चे र चुमनुब्री गाउँपालिकाका स्थानीयहरुलाई लघुजल विद्युत र सोलारको भरमा बस्नु पर्ने बाध्यता छ ।

    बारपाक सुलिकोट र अजिकोट गाउँपालिकाको पनि केही ठाउँमा पनि विद्युत पुग्न बाँकी छ । ‘जनसंख्याका हिसाबले गोरखाका ३० प्रतिशत जनताले केन्द्रिय प्रशारण लाइनको विद्युत सेवा प्रयोग गर्न पाउनुभएको छैन्’ वितरण केन्द्र प्रमुख न्यौपानेले भने ‘भूगोलको हिसावले हेर्दा यो ७० प्रतिशत भन्दा बढि छ ।

    भौगोलिक रुपमा बिकट रहेको उत्तरी गोरखामा विद्युत सेवा पुरयाउन राज्यको ठूलो लगानी चाहिन्छ ।’ तर अहिले प्रशारण लाइन बिस्तारको काम तिब्र रुपले अगाडी बढेको उनले बताए । सोका लागि आर्थिक वर्ष २०७५/०७६ मा मात्र १० करोड बजेट बिनियोजन भएको थियो ।

    ‘हामी अहिले गोरखा क्षेत्र नम्बर २ को अजिरकोट र बारपाक सुलिकोट क्षेत्रमा फोकस छौं’ उनले भने ‘विशेष गरी अहिले हंसपूर, खरिबोट, घ्याच्चोक, मुच्चोक, सौरपानी, स्वाँरा र बारपाकमा काम भइरहेको छ । स्वाँरा बाहेक अन्य ठाउँमा असार मसान्त भित्र वक्ति बाल्ने हाम्रो योजना छ ।’ त्यसपछि बारपाक सुलिकोटमा झण्डै १ हजार ८ सय र अजिरकोटमा १ हजार ५ सय उपभोक्ता थप हुने प्राधिकरणको अनुमान छ ।

    एकिकृत वस्ती बिकास भइरहेको धार्चे गाउँपालिकाको लाप्राकमा पनि बारपाकसँगै विद्युत बिस्तार हुनेछ । ‘आर्थिक वर्ष २०७६÷७७ भित्र लाप्राकमा पनि बल्छ’ उनले भने ‘यो वर्षको बजेट प्राप्त भइसकेको छैन्, बजेट आएपछि थाहा हुन्छ ।’ गुम्दासम्म राष्टिूय प्रशारण लाइन निर्माण गर्नका लागि भने करिब ५ करोड थप रकम आवश्यक भएको उनले बताए ।

    केन्द्रिय प्रशारण लाइन बिस्तारसँगै काठेपोल बिस्तापनको काम पनि भइरहेको प्राधिकरणले जनाएको छ । गोरखामा करिब ७ हजार काठेपोल रहेको अनुमान छ । ‘हामीले गत वर्ष मात्र ६ हजार काठे पोल हटायौं’ वितरण केन्द्र गोरखाका प्रमुख न्यौपानेले भने ‘यसै आर्थिक वर्षको असारमसान्त सम्म सबै काठेपोल हटाउने हामो योजना छ ।’ गोरखामा विद्युत चुहावट पनि नियन्त्रण भएको छ ।

    आर्थिक वर्ष २०७४/०७५ मा रहेको १२.६४ चुहावट ९.८ प्रतिशतमा झारेर वितरण केन्द्र गोरखा प्राधिकरणको स्थापना दिवशको अबसरमा गण्डकी प्रदेशको उत्कृष्ट शाखाको रुपमा पुरस्कृत समेत भएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज २९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.