गोरखा समाचारदाता
गोरखा – दोलखाबाट निर्वाचित साँसद पार्वत गुरुङ्ग विरुद्व पक्राउ पुर्जी जारी भएको छ ।
काठमाण्डौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङ्ग बिरुद्व ज्यान मुद्वामा पक्राउ पुर्जी जारी गरीएको हो । गुरुङ्ग नेकपाका साँसद हुन ।
वीरध्वज खड्काको जाहेरीले २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो ।
१२ भदौ ०७६ मा काठमाडौँ जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई गुरुङलाई अदालतमा उपस्थित गराउन पत्र पठाएको थियो ।
यसपछि जिल्ला प्रहरी कार्यालय दोलखाले इलाका प्रहरी कार्यालय सिंगटीलाई अदालतको पत्र पठायो । जिप्रकाले पठाएको पत्रपछि ८ असोजमा सांसद गुरुङलाई म्याद तामेल गरिएको हो ।




















