गोरखा समाचारदाता
गोरखा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठन विभागमा ३ जना थप गरेको छ । थपीएको समस्य गोरखाका हरी अधिकारी समेत समावेश गरीएको छ ।
बुधबार बसेको नेकपा सचिवालय बैठकले गोरखाका अधिकारी सहित अष्टलक्ष्मी शाक्य र भानुभक्त ढकाललाई थप गरेको हो।
यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए ।
३ जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग ५ सदस्यीय बनेको छ । यसले अझै पूर्णता पाउन सकेको छैन ।



