गोरखा समाचारदाता
गोरखा – पोखरामा पहिलो पटक क्रस–कन्ट्री दौड सुरु भएको छ ।
पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र चीनको माउण्टेनरिङ्ग एक्सप्लोरेसन एशोसियन कुनमिङको आयोजनामा भएको दौडमा १०५ जना धावकहरुले सहभागिता जनाएको आयोजक संस्थाले जानकारी दिएको छ ।
चिनिया पर्यटक प्रवद्र्धन र चीनियाँ शहर कुनमिङ बीचको भगिनी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक विश्व शंकर पालिखेले बताए ।
यस प्रकारको दौड चीनको कुनमिङ शहरमा आयोजना हुदै आएको छ । दौड विहान ८ः३० बजे बाराही घाट मैदानबाट सुरु भएको थियो ।



