गोरखा समाचारदता
गोरखा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चियापान कार्यक्रम आज हुदै छ ।
नेकपाले बडा दशैँ, तिहार, नेपाल संवत्–११४०, छठलगायत नेपाली चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो ।
काठमाडौँको भृकुटीमण्डपमा हुने चियापान कार्यक्रमको तयारी पूरा भएको नेकपाले जानकारी दिएको छ ।




















