- बुद्ध एयर काउन्टर तोडफोड प्रकरण
गोरखा समाचारदाता
गोरखा – आफु चढने जहाज डिले भएको भन्दै बुद्व एयरको काउन्टर तोडफोड गर्ने साँसद प्रमोद साहलाई पक्राउ गर्न पक्राउ पुजी जारी गरीएको छ ।
साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरे पछि मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको छ ।
काठमाडौंमा रहेका सांसद साहलाई पक्राउ गरेर बुझाउन जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी कार्यालयलाई मंगलबार पत्र लेखेको छ । साह बिरुद्व गैर सैनिक हवाइ उडान २०१५ अन्तर्गत उजुरी दर्ता भए पछि पक्राउ पुर्जी जारी गरीएको हो । बुद्ध एयरको जहाज निर्धारित समयभन्दा ३ घण्टा डिले भएको थियो ।
ढिला भएको झोकमा सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । सांसद साहले जहाजको अवस्थाबारे बुझ्न खोज्दा एयरलायन्सका कर्मचारीहरुले राम्रो रेस्पोन्स नगरेको भन्दै काउन्टरमा लात्तीले हिर्काएको स्वीकार गरेका छन् ।
नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै सांसद साह विरुद्ध सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिएका थिए ।
साह राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका निर्वाचित सांसद हुन ।



