गोरखा समाचारदाता
गोरखा – बागलुङको बडिगार्ड खोलामा सेल्फी खिच्ने क्रममा चिप्लीएर खोलामा वेपत्ता भएकी १ महिलाको शव साता दिन पछि फेला परेको छ ।
असोज १९ गते बिहान ९ः३० बजे बडिगार्ड खोलामा सेल्फी खिच्ने क्रममा बागलुङ तमानखोला गाउँपालिका ४ बस्ने बर्ष ३२ कि धनदेवी सिर्पाली वेपत्ता भइएकी थिईन । स्थानिय प्रत्यक्ष दर्शीका अनुसार खोलाको विचमा ढुङ्गामाथि बसेर सेल्फी लिने क्रममा चिप्लीएर खोलाले बगाए वेपत्ता पारेको थियो ।
वेपत्ता सिर्पालीको सोही खोलाको तुरतुरले ताल नजिकै खोला किनारमा आइतबार शव प्राप्त भएको वागलुङ प्रहरीले जानकारी दिएको छ । खोला किनारमा महिलाको शव तैरीरहेको अवस्थामा स्थानियले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
बिहान ११ः५५ बजे सिर्पालीको शव फेला परेको थियो । संघिय राजधानी काठमाण्डौं बस्दै आएकी सिर्पाली दशै मनाउन घर आउदा त्यस्तो घटना भएको थियो । उनको साथमा एक विदेशी नागरिक समेत रहेको प्रहरीले जानकारी दिएको छ ।



