गोरखा समाचारदाता
गोरखा – पोखरा महानगरपालिकाको तुलसीघाटबाट १ जना तराईमुलका ब्यत्तिबाट लागुऔषध बरामद गरीएको छ । लागु औषधी संगै बाराका विनय चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
कास्की प्रहरीले दिएको जानकारी अनुसार नयाँबजार स्थित अस्थाई प्रहरी पोष्टबाट खटी गएको प्रहरीको टोलिले तुलसीघाटमा संकास्पद क्रियाकलाप गरी रहेको अवस्थामा बारा घर भएका बिनय चौधरीलाई नियन्त्रणमा लिएर शरिर खानतलासी गर्दा उनको साथबाट १६५ वटा नाईट्राभेट फेला परेको थियो ।
चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । ११ पत्तामा रहेको उत्त संख्याको लागु औषध विक्रीका लागि ल्याएको चौधरीले बताएको प्रहरीले जानकारी दिएको छ ।



