गोरखा समाचारदाता
गोरखा – कास्कीको मादी गाउँपालिका ३ याङजाकोटमा रहेको प्राचीन तथा ऐतिहासिक झयाली पोखरीको पुनःनिर्माण गरिएको छ ।
उपभोत्ता समिति मार्फत पुनःनिर्माण गरीएको उत्त पोखरीका लागि १५ लाख ४८ हजार ७०० रुपैया खर्च भएको छ ।
पोखरीको पुनःनिर्माण सकिए लगत्तै एक कार्यक्रम विच पोखरीको उदघाट्न समेत गरीएको छ । पोखरीको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले गरेका थिए ।
पुनःनिर्माण गरीएको पोखरीको बिच भागमा गौतम बुद्वको शालिक समेत स्थापना गरीएको छ ।
पोखरी निर्माण उपभोक्त समितिका अध्यक्ष सुर्य गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मादी गापा ३ का वडाध्यक्ष मनबहादुर गुरुङ, ४ का सत्यराज सापकोटा, ११ का मित्र गुरुङका साथै वडा सदस्य धनमाया गुरुङ, याङजाकोट तमू समाज पोखराका अध्यक्ष चन्द्रबहादुर गुरुङ, मादी गाउँपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारी लगायतले बोलेका थिए ।



