गोरखा समाचारदाता
गोरखा – नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङ आज मध्यान्न स्वदेश फिर्ता भएको छ ।
सिलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतका उच्च पदाधिकारीले विदाइ गरेका थिए ।
विदाइमा नेपाली सेनाको टुकडीले विदाइ सालामी अर्पण गरेको थियो ।
आइतबार भएको समझदारीपत्र तथा सम्झौताहरूमा पूर्वाधार निर्माण, सुरुङ मार्ग निर्माण, दुइ देशबीच कनेक्टिभिटी र सडक सञ्जाल जस्ता विषयमा सम्झौता भएको थियो ।




















