गोरखा समाचारदाता
गोरखा – हिन्दु नेपालीहरुको महान पर्व वडादशैंको अन्तिम दिन अर्थात कोजाग्रत पुर्णिमा । कोजाग्रत पुर्णिमा संगै वडादशैं सकिएको र टिकाटालो समाप्त हुने गर्दछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिने गर्दछ ।
आजकै दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहि आएको छ ।
माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । यो पूर्णिमालाई कौमुदी पुर्णिमा समेत भन्ने गरीन् ।




















