गोरखा समाचारदाता
गोरखा – चिनियाँ राष्ट्रपति सी जिनफिङलाई स्वागतका लागि निजामती कर्मचारी देखी खेलाडी सम्म परिचालन गरीने भएको छ ।
विमानस्थलदेखि उनी बस्ने होटल सोल्टीसम्मै उनीहरु स्वागतका लागि खटिने भएका हुन ।
सीको स्वागतका लागि निजामती कर्मचारी, खेलाडी, प्रशिक्षक, खेलकूद पदाधिकारी, नेपाल स्काउटको टोली, विद्यार्थी लगायतलाई सडकमा खटाइने भएको हो । सडकमा खटिनेहरुका लागि निश्चित पोशाकको व्यवस्था गरिएको छ ।
सार्वजनिक विदा भए पनि निजामती कर्मचारीहरुलाई आफ्नो पोशाकसहित चिनियाँ राष्ट्रपतिको स्वागतमा उपस्थित हुन सूचित गरिएको छ ।
र्मचारीहरु राष्ट्रपति सीको स्वागतका लागि नयाँ बानेश्वरदेखि माइतीघरसम्मको सडक किनारमा उभिनेछन् ।
त्यस्तै थापाथलीदेखि टेकुसम्मको सडकमा खेलाडी, प्रशिक्षक र परिषद्का कर्मचारी लामबद्ध हुनेछन् ।



