गोरखा समाचारदाता
गोरखा – नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ ।
२ वटा टी २० सिरिज खेल्न गएको टिमले सिंगापुर र ओमानमा भएका सिरिज खेलेर नेपाली टिम शुक्रबार विहान स्वदेश फर्किएको हो । टिमलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गरेका थिए ।
सिंगापुरमा भएको ३ देश सहभागि सिरिजमा नेपाल जिम्बावेसँग दुवै खेलमा पराजित भएको थियो भने सिंगापुरमाथि १ खेलमा जित हात पारेको थियो । १ खेल भने वर्षाले रद्द भएको थियो ।
सिंगापुरबाट ओमानगएको नेपाली टिमले त्यहाँ ५ देश सहभागी अर्को सिरिज पनि खेलेको थियो । जसमा नेपालले नेदरल्याण्ड्स र हङकङलाई पराजित गरेको थियो भने आयरल्याण्ड र ओमानसँग पराजित भएपछि तेस्रो भएको थियो ।




















