गोरखा समाचारदाता
गोरखा – सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ८ जना यात्रुको ज्यान गएको छ । घटनास्थलमै ६ जनाको र २ को अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। मृतकको सनाखत भएको छैन।
सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा. २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १० बडहरे झिल्के मोडमा दुर्घटना हुदा ४ पुरुष र १ महिलाको ज्यान गए सिन्धुपाल्चोक प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनामा परी ४० जना भन्दा बढी घाइते भएका छन् ।
बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । घटनामा परी गंभिर घाईतेहुनेहरुको संख्या धेरै भएकोले मृत्तकको संख्या बडन सक्ने अनुमान गरीएको छ ।



