गोरखा समाचारदाता
गोरखा – देशको पहाडी क्षेत्रमा आगामी ३ दिन सम्म मौषम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पहाडी भेगमा आगामी ३ दिन बदलीभई वर्षा हुने जनाएको हो । तराई क्षेत्रको मौसम भने सफा रहने प्रक्षेपण छ ।
मौसमविद्हरूका अनुसार, देशको पूर्वी भू–भागमा शुक्रबार दिउँसो आंशिकदेखि सामान्य बदली हुने छ । मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली हुने र पहाडी भेगका एक–दुई स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनका अनुसार, आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।



