गोरखा समाचारदाता
गोरखा – उद्धार रोकथाम र पुर्नस्थापनाको माध्यमबाट मानव बेचविखन विरुद्धमा क्रियाशिल संस्थाथ्रि एन्जल्स नेपालले एसियनएनजीओ लीडरसीप अवार्ड हासील गरेको छ ।
यूनाईटेट अरब ईमिरेट्सको दुवईमा यहि असोज २२ र २३ गते आयोजना गरिएको एसियाली नेतृत्व सम्मेलनको अवसरमा संस्थाले उक्त अवार्ड प्राप्त गरेको हो ।
मानव बेचविखन विरुद्ध कामगर्दै आएको संस्थाले उत्कृष्ठ रोकथाम विधा अन्र्तगत अवार्ड हासील गरेको संस्थाका कार्यक्रम तथा परियोजना निर्देशक डा.मदनथापाले जानकारी दिए । अवार्ड ग्रहणका लागि संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी निर्देशक डा.राजेन्द्रकुमार गौतम र संस्थाका अध्यक्ष शारदा खत्री गौतम कार्यक्रममा सहभागी गएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं साउथ अफ्रिकाका मन्त्रीले उक्त अवार्ड प्रदान गरेका थिए । संस्थाले प्राप्त गरेको यो चौथो अन्र्तराष्ट्रिय अवार्ड हो ।




















