गोरखा समाचारदाता
गोरखा – बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृण्णबहादुर महरालाई स्वास्थ्यमा समस्या आए पछि नर्भिक अस्पताल भर्ना गरीएको छ ।
महराको मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई नियमित चेक जाँचको क्रममा अस्पताल लगिए पछि स्वास्थ्य परिक्षण गराउदा अस्पताल भर्ना गर्नुपर्ने चिकित्सकहरुको भनाई पछि महरालाई अस्पताल भर्ना गरीएको थियो ।
महराको पक्राउ परेको दिनदेखि नै रक्तचाप अनियन्त्रित भएको थियो भने स्वासप्रस्वासमा पनि केही समस्यादेखिएको थियो । त्यसपछि हिरासतमै उनलाई अक्सिजन दिने व्यवस्था प्रहरीले मिलाएको थियो।



