गोुरखा समाचारदाता
गोरखा – निवर्तमान सभामुख कृण्णबहादुर महरा र रोशनी शाहको यौन दुरब्यवहारको समाचार ब्रेक गरेका कारण हाम्रा कुरा डटकमका संपादक अजयबावु सिवाकोटीलाई इन्जा साहसी पत्रकारीता पुरस्कारबाट सम्मानित गर्ने भएका छन ।
नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरिएको सो संस्थाबाट जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।
यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेको छ। ईन्जा व्यवस्थापन समितिले १७ नोभेम्वर २०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।




















