गोरखा समाचारदाता
गोरखा – सुँगुरको मासु खाँदा पाँचथर कारागारका २ कैदीको ज्यान गएको छ भने २ जना गंभिर बिरामी भएका छन् ।
मृत्यु हुनेहरुमा पाँचथर फालेलुङ गाउँपालिका–८, याङनामका वुद्धि केरुङको सोमबार उपचारको क्रममा ज्यान भएको थियो । त्यस्तै गरी फिदिम नगरपालिका–१०, याङनामका जयप्रकाश जवेगुको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि झापातर्फ लाँदै गर्दा बाटोमै ज्यान गएको पाँचथर प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेका उनीहरुलाई सोमबार बिहान जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
यस्तै मासु खाएर कुम्मायक गाउँपालिकाका दिनेश खजुम र सुन्दर राई गंभिर बिरामी परेका छन् । उनीहरुको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
वडा दशैँ मनाउने क्रममा सबै मिलेर आइतबार कारागारभित्रै सुँगुर ल्याएर काटेका थिए ।
शुरुमा झाडापखाला देखिएका उनीहरालाई अस्पतालमा भर्ना गरिएको थियो ।



