गोरखा समाचारदाता
गोरखा – नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शनसँगै नेदरल्याड् विरुद्ध जित हासिल गरेको छ ।
नेपालले नेदरल्यान्ड्स ४ विकेटले जित हात पारेको हो ।
टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई १३३ रनमा समेटेको थियो ।
१३४ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाललाई निकै संघर्ष गर्नुपर्यो ।
अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा करणले छक्का र चौका हानेका थिए ।
नेपाली बलरहरुविरुद्ध नेदरल्यान्ड्सका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।




















