गोरखा समाचारदाता
गोरखा – फुटबल प्रतियोगिता गर्ने विषयमा विवाद हुदा काभ्रेको रोशी गाउँपालिकामा आइतबार राति गोली चलेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दिएको जानकारी अनुसार रोशी गाउँपालिका ११ मा फुटवल प्रतियोगिता गर्ने विषयमा स्थानियहरु विवाद हुदा १ राउण्ड गोली चलेको थियो । गोली चलाउनेको खोजी भई रहेको प्रहरीले जनाएको छ ।
रोशी गाउँपालिका–११ कालढुङ्गास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’को आयोजना गर्ने विषयमा छलफल हुदा गोली चलेको थियो ।
गोली चले पनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ।



