गोरखा समाचारदाता
गोरखा – चितवनको कालिका नगरपालिका–४, पदमपुरमा निगुरो टिप्न गएका १ ब्यक्तिलाई गैंडाले आक्रमण गर्दा मृत्यु भएको छ ।
७२ वर्षीय गोरे कुमाललाई आईतबार साँझ तिर पञ्चकन्या सामुदायिक वन क्षेत्रको खगेरी खोलामा निगुरो टिप्न जादा गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



