कैलासबावु श्रेष्ठ
गोरखा – गोरखाको फिनाममा बिहान भएको दुर्घटनामा परी मोटरसाईकल चालक गंभिर घाईते भएको छ ।
गोरखा बजार देखी तान्द्राङ तर्फ जादै गरेको ना. २ च ६५१० नम्बरको बोलेरोले बोर्लाङबाट गोरखा बजार तर्फ आउदै गरेको बा. ४६ प ४०६० नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ भिमसेन थापा गाउँपालिका ८ बोर्लाङका ३३ बर्षिय सुन्दर श्रेष्ठ गंभिर घाईत भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

सोमबार बिहान ८ः३० बजे गोरखा नगरपालिका ४ को धनबासे फिनाममा भएको उत्त घटना पछि घाईतेलाई गोरखा बजारमा सामान्य उपचार पछि थप उपचारको लागि चितवन पठाइएको छ ।

घाईते श्रेष्ठको शरिरको पछिल्लो भोगमा गंभिर चोट देखिए पछि थप उपचारको लागि चितवन पठाइएको हो ।
सवारी दुर्घटनामा संलग्न बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तस्विर मोहसिन अलि मियाँ




















