गोरखा समाचारदाता
गोरखा – संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा निवर्तमान सभामुख कृण्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महरालाई प्रहरी परीसर सिंहदरबार राखीएको छ ।
सभामुख निवास बालुवाटारबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा रहेको प्रहरी टोलीले महरालाइ नियन्त्रणमा लिएको थियो । महरालाई साँभ ६ः१५ बजे तिर निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
महरालाई उनले नै प्रयोग गर्ने कारमा राखेर सभामुख निवासबाट प्रहरीले बाहिर लगेको थियो ।



