×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

संरक्षणको पर्खाइमा नेपालको ‘उद्गम थलो’ (फोटो फिचर)

  •  
  • आइतबार, असोज १९, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – जतिबेला नेपाल बाइसे–चौबिसे राज्यमा विभाजित थियो । ती मध्ये एउटा यस्तो राज्य थियो, जहाँ राजा बन्नका लागि दौड जित्नु पर्थो । दशैको टिकाको दिन चेपे र मस्र्याङ्दी किनारबाट जो दौडिएर पहिला लिगलिगकोटमा आइपुग्यो त्यो एक वर्षका लागि राजा हुन्थ्यो ।

    बिक्रम सम्वत १६१५ मा लम्जुङका राजा यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाह त्यहाँको राजा घोषित भए । त्यसपछि दौडिएर राजा हुने परम्पराको अन्त्य भई नेपाल राज्यको एकिकरणको शुभारम्भ भएको इतिहास छ ।

    वर्षेनी राजा परिर्वतन हुँदा अस्थिर रहेको लिगलिगकोटमा द्रव्य शाहले राज्य सम्हालेपछि आसपासका भुरे टाकुरे राज्यहरुमा हमला गर्दै कालान्तरमा गोरखा राज्यको स्थापना भएको इतिहासविद्धहरु बताउँछन् ।

    त्यसपछि नरभुपाल र कौशल्यावती शाहका छोरा पृथ्वीनारायण शाहले वर्तमान नेपालको एकिकरणलाई अघि बढाएको र उनका सन्ततीहरुले पूर्णता दिएको इतिहासविद्हरु बताउँछन् । तर आधुनिक नेपालको उद्गम थलो लिगलिगकोट इतिहासको पानामा मात्र सिमिति भएको छ ।

    हालको पालुङ्टार नगरपालिका वडा नम्बर–२ मा अवस्थित करिब ५ सय वर्ष पहिले निर्माण भएको दरबारको भग्नावशेष संरक्षणको पर्खाइमा छ । ऐतिहासिक ठाउँहरु यसको संरक्षणमा स्थानीयहरु एक जुट भएता पनि पैसा अभाव भए पछि केही गर्न सकेनन । न त सरकारकै प्रार्थमिकतामा परयो यो ठाउँ ।

    द्रब्य शाह राजमार्गको ठाँटी पोखरी–आँपपिपल सडकखण्डमा पर्ने बिजुली डाँडाबाट करिब ५ सय मिटर उकालो चढेपछि लिगलिगकोटको मुल गढीमा पुगिन्छ । त्यहाँ पर्खाल जस्तो देखिने करिब ५ सय वर्ष पुरानो दरबार छ ।

    मुल गढी सहित ५ वटा गढीहरु अहिले पनि स्पष्ट देख्न सकिन्छ । ठुलो गढी, बैठक भवन, सुरक्षा हेर्न दुई वटा भवन, सुचना प्रवाह गढी लगायत लिगलिग कालिका मन्दिर, भुमेथान मन्दिर, भिमसेन मन्दिर, दर्खे देवी मन्दिर र चण्डी थान लगायतका संरचनाको भग्नावशेस सहजै देख्न सकिन्छ ।

    संरक्षणको अभावमा सबै संरचना लोप अबस्थामा पुगेका छन् । त्यसो त पुरातत्व विभाग र पर्यटन मन्त्रालयले कोट किल्ला मर्मतका लागि भन्दै विगतमा केही रकम छुट्याए पनि देखिने गरि काम भएको छैन् ।

    पछिल्लो पटक गण्डकी प्रदेश सरकारले लिगलिगकोटमा ऐतिहासिक संग्राहालय निर्माण गर्नको लागि आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड बजेट विनियोेजन गरेको छ । तर संग्राहालय निर्माणको मास्टर प्लान समेत तयार भएको छैन ।

    नेपालकै ऐतिहासिक स्थल लिगलिगकोटको संरक्षणमा राज्यले खासै चासो नदिएको स्थानियको गुनासो छ । यता पालुङ्टार नगरपालिकाले भने लिगलिगकोटको संरक्षण आफ्नो प्राथमिकतामा रहेको दाबी गरेको छ ।

    नगरपालिकाले यस वर्ष कोटसम्म पुग्ने सिढिबाटो निर्माणका लागि ३० लाख वजेट व्यवस्था गरेको छ । नगरपालिकाले कर्मचारीको रुपमा एक जना हेरालु राख्ने तयारी गरेको छ । लिगलिगकोटमा पर्यटक आकर्षिकत गर्नका लागि भन्दै गत वर्ष ६० मिटर अग्लो राष्ट्रिय झण्डा समेत राखिएको छ ।

    नगरपालिका र स्थानीय केही संघस्थाको सक्रियतामा पर्यटक लक्षित गरी प्याराग्लाडिङ, ऐतिहासिक दौड लगायतका कार्यक्रमहरु समेत हुँदै आइरहेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज १९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.