गोरखा समाचारदाता
गोरखा – पोखरा र सिन्धुलीमा भएको दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन ।
कास्की जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका २६ को सुन्दरीबजारमा ग.२ च ९९५० नम्बरको बोलेरो जिप र ग.१५ प ४३८० नम्बरको स्कुटी एक आपसमा ठक्कर खादा पोखरा महानगरपालिका २७ आर्दश चोक बस्ने २५ बर्षका हिमाल गुरुङ्ग र सोही स्थानमा बस्ने वर्ष २३ का रक्ष गुरुङ्गको मृत्यु भएको हो ।
घटना लगत्तै दुवैलाई गण्डकी अस्पताल पोखरामा लगिए पनि उनीहरुलाई चिकित्सकले मृत्त घोषित गरेका थिए । दुर्घटनामा लगत्तै प्रहरीले बोलेरो त्यसको चालकलाई नियन्त्रणमा लिएको थियो ।
त्यस्तै गरी आजै सिन्धुलीमा भएको दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन ।
दशैंका लागि गाडी रिर्जव गरेर काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा. ३ ख २३५९ नम्बरका मिनिबस सिन्धुलीको सुनकोसी गाउँपालिका १ आँपघारी नजिकै दुर्घटना हुँदा ईनरूवा ८ सिरहाका रामऔतार पण्डित, राजविराज ४ सप्तरीकी लक्ष्मीदेवी देव र सवारी धनी दलबहादुर श्रेष्ठको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहकाअनुसार दुर्घटनामा ५ जना गम्भीर घाईते भएका छन् । गम्भीर घाईते पाँचै जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाईएको प्रहरी प्रमुख सिंहले जानकारी दिए ।



