गोरखा समाचारदाता
गोरखा – रोशनी शाहले सनिबार निबर्तमान सभामुख कृण्णबहादुर महरा विरुद्व बलात्कार प्रयास गरेको भन्दै उजुरी दर्ता गराइएकी छिन ।
प्रहरीमा दिएको जाहेरीमा शाहले महराले आफुलाई आईतबार बलात्कार प्रयासको भन्दै उजुरी दर्ता गराएकी थिईन । उनले घटना घटेको भोली पल्टै आफूमाथि दुर्व्यवहार नभएको भनेर बोली फेरेकी थिइन । उनले बानेश्वर प्रहरीमा गएर बलात्कार प्रयास गरेको भन्दै उजुरी गरेको बानेश्वर प्रहरीले जानकारी दिएको छ ।
उनले लगाएको आरोप सत्य सावित भए महरालाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्मको जरिवाना हुनसक्ने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ।
मुलुकी अपराध संहिताको परिचेछेद १८ को २२४ को १ मा कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउनु हुँदैन भनेर उल्लेख गरिएको छ। २२४ को ३ मा यौन दुर्व्यवहार गरेमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्मको जरिवाना हुनसक्ने कुरा उल्लेख छ।
तस्बिर गुगल



