×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

विगतमा कसरी लगिन्थ्यो गोरखाबाट फूलपाती ?

  •  
  • शनिबार, असोज १८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    गोरखा – राजधानीको हनुमान ढोका स्थित दशैंघरमा गोरखा दरबारबाट लाने फूलपाती कसरी भित्राउने चलन थियो भन्ने बिषयमा धेरै मानिसहरु अनबिज्ञ भएको पाइन्छ ।

    बिगतमा…
    हनुमानढोका दरवारस्थित दशैँघरमा गोरखाबाट भित्र्याइने फूलपाती लिन धादिङ्गको छत्रे देउरालीतर्फ एक टोली जाने गर्दथ्यो । गोरखाबाट लगेको फूलपाती लिएर उनीहरू काठमाडौं जाने गर्दथे ।

    छत्रे देउरालीमा रात बस्ने गरेर जाने टोलीमा मगर, नेवार, बाहुन र क्षेत्री समुदायका हुने गर्दथे । हनुमानढोका दरवारबाट १६ जना र समरजङ् कम्पनीबाट २ जना खटाइने परम्परा थियो ।

    फूलपातीमा केराको पात, उखुको बोट, अदुवाको बोट, बेलपत्र, धानको वाला, करीको फूल र मौषमी फूलका थुँगाहरू हुन ।

    छत्रे देउरालीबाट फुलपाती लिन जानेहरु भिमढुंगामा यातायातबाट ओर्लिएर छत्रे देउरालीतर्फ पैदलै पुग्नु गर्दथे । एकरात बास बसेर भोलिपल्ट महादेव खोलामा नुहाइधुवाइ शुद्ध भई चोखो कपडा लगाइन्थ्यो ।

    गोरखा दरवारबाट ५ जना मगर समुदायका व्यक्तिले बोकी ल्याएको फूलपातीमा १ वटा निख्खर कालो बोका र १ वटा भेडाको थुमा बली दिएर पुजाअर्चना गरिन्थ्यो ।

    काठमाडौँबाट छत्रे देउराली पुगेको हनुमानढोका र समरजङ्गको टोलीलाई फूलपाती लिइ आएका गोरखाका मगरले टीका प्रसाद लगाइदिएपछि हनुमान ढोकाबाट आएको टोलीको साथ लगाइ छत्रे देउराली भिमढुंगा सीतापाइला हुँदै फूलपातीलाई जमलमा ल्याइन्थ्यो ।

    जमलमा हनुमानढोका दरवारको दशैँघरका पुजारीले पूजा अर्चनासहित फूलपातीलाई जमलमा पर्सने कार्य गर्छन् ।

    फूलपाती पर्सिएपछि १६ जना महिलाको साथमा मालश्री रागसहित फूलपातीलाई हनुमानढोका दरवारस्थित नासलचोकमा लगिन्छ । मालश्री राग गाउनेहरू शौभाग्यको प्रतिक रातो पहिरन र रातै शृङ्गारमा झकिझकाउ हुन्छन् । रागिनीका सामुन्ने नासलचोकमा फूलपातीसँगै ल्याइएको कलशमाथि राखिएकी देवीको तस्विरमा अर्चना गरीन्छ ।

    फूलपातीको दायाँबायाँ लागेर जमलदेखि नासलचोकमा आएको आशागुर्जा (पूजा सामग्रीको गुन्टा)को साथमा फूलपातीलाई दशैँघरका पुजारीले अर्चनासहित दशैँघरमा भित्र्याउँछन् ।

    दशैँघरमा फूलपाती भित्र्याउने साइतमा नेपाली सेनाले टुँडिखेलमा हर्ष बढाइँ गर्ने चलन छ भने राष्ट्र प्रमुखबाट बढाइँ अवलोकन गर्ने परम्परा अझै कायमै छ ।

    अहिले…
    नेपालमा राजतन्त्रको अन्त्य संगै गोरखा दरबारबाट हनुमानढोका लाने फूलपातीको तरीकामा परिवर्तन आएको छ ।

    बिगतमा जे जे गरीएको भएता पनि १ दशक यता देखी गोरखा दरबारबाट राजधानीको जमल सम्म जाने फूलपाती भने सवारी साधानमा नै १ जना दरबारको कर्मचारीले जाने गर्दछ ।

    ३ बर्ष अगाडी सम्म पनि दरबारकै कर्मचारीले मोटर साईकलमा फूलपाती जमल पुरयाउने गर्दथ्यो भने स्थानिय सरकार आए पछि भने तामझामका साथ सुविधा सम्पन्न सवारी साधनमा गोरखा दरबारको फुलपाती जमल लाने गरीएको छ ।

    पछिल्लो समय भने गोरखा नगरपालिकाको आर्थिक सहयोगमा गोरखा दरबार हेरचाह अड सहयोग र सतिपिपल क्लवको समन्वयमा गोरखा दरबारको फूलपानी जमल लाने गरीएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज १८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.