कैलासबावु श्रेष्ठ
गोरखा – गोरखा दरबारबाट काठमाडौंमा फूलपाती पठाइएको छ ।
गोरखा नगरपालिकाको आर्थिक सहयोगमा गोरखा दरबार हेरचाह अड्डा, सतिपिपल क्लब, गोरखा धिमे पुच र यूनिटी अफ गोरखाले सनिबार विहान गोरखा दरबारबाट बाजागाजासहित डोलीमा राखेर फूलपाती लगिएको हो ।

दरबारबाट बोकेर ल्याइएको फुलपाती सतीपिपलको फूलपाती चौतारामा एक कार्यक्रम गरी बा. २० च ४३९४ नम्वरको जिपमा राखेर काठमाडौं लगिएको हो ।

सनिबार बिहानै दरबार क्षेत्रवरपर रहेको जंगलबाट जम्मा पारीएको केराको पात, उखुको बोट, अदुवाको बोट, बेलपत्र, धानको वाला, करीको फूल र मौषमी फूलका थुँगाहरू फुलपाती डोलीमा राखेर हनुमानढोकाको लागि पठाएको हो ।

राजधानी पठाईएको फुलपातीलाई स्थानियहरुले तनहुँको आँबुखैरेनी बजार सम्म मोटरसाईकल रयाली गरेर पठाइको थियो ।




