गोरखा समाचारदाता
गोरखा – ६४ औं प्रहरी दिवशको अवशरमा पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पोखराको चिप्ले ढुङ्गामा भएको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्रहरी नायव महानिरिक्षक बिनोद शर्मा घिमिरेले रक्तदान सबै भन्दा परोपकारी कार्य भएको बताए ।
नेपाल रेडक्रस सोसाईटी क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ८३ पिन्ट रगत संकलन भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी कृण्णबहादुर कार्कीले बताए ।
कार्यक्रममा प्रहरी कर्मचारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा सर्व साधारणहरुले रक्तदान गरेका थिए ।



