गोरखा समाचारदाता
गोरखा – उत्तरी गोरखामा शुक्रबार फोटो खिच्ने क्रममा एक विदेशी नागरिक घाईते भएकी छिन । उनलाई हेलीकप्टर मार्फत उद्वार गरीएको छ ।
चुमनुब्री गाउँपालिका ३ को जगत बजारमा फोटो खिच्ने क्रममा स्पेनी नागरिक ४९ बषिया कोशेफा मान्ईला भादिलो पारेस्डे घाईते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
कार्यालयका सूचना अधिकारी कृण्णबहादुर कार्कीका अनुसार घाईते स्पेनी नागरिकलाई हेलिकप्टर मार्फत संघिय राजधानी काठमाण्डौं उपचारको लागि लगिएको छ ।
घाईते स्पेनी मनास्लु पदमार्ग घुम्नका लागि आएका थिए ।




















